सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कोहलीको शतकको मद्दतले अस्ट्रेलियासामु २ सय ९६ रनको लक्ष्य

आइतबार, ०३ माघ २०७२, १३ : २२
आइतबार, ०३ माघ २०७२

मेलबर्न – विराट कोहलीले किर्तिमानी शतकको मद्दतले भारतले अस्ट्रेलियासामु तेस्रो एकदिवसीय खेलमा २ सय ९६ रनको चुनौती प्रस्तुत गरेको छ । कोहलीले १ सय १७ रन बनाएपछि भारतले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ९५ रन बनायो । कोहलीले १ सय १७ बलमा ७ चौका र २ छक्काको मद्दतले १ सय १७ बनाएका थिए । यो उनको २४ औं एकदिवसीय शतक हो । उनी सबैभन्दा चाँडो २४ शतक बनाउने खेलाडी पनि बनेका छन् । २१९ एकदिवसीयमा २४ शतक बनाउने सचिन तेन्दुलकरभन्दा यो ५८ इनिङले कम हो । त्यस्तै एकदिवसय क्रिकेटमा उनी सबैभन्दा छिटो ७ हजार रन पूरा गर्ने खेलाडी पनि बनेका छन् । खेलमा शिखर धवन र अजिंका रहानेले क्रमशः ६८ र ५० रन बनाए । ३ सयौं खेलमा भारतको कप्तानी गरिरहेका महेन्द्रसिंह धोनीले ९ बलमा २३ रन बनाए । अस्ट्रेलियाका लागि जोन हेस्टिङले चार विकेट लिए । मेलबर्नमा यसअघि २ सय ९४ रनको चुनौती मात्र सफलतापूर्वक पछ्याइएको छ । पहिलो दुई खेल गुमाएको भारत ५ खेलको श्रृंखलामा भारत २–० ले पछि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप