अपराजित रहेर लिग जित्ने पीएसजीको सपना कायमै
आइतबार, ०३ माघ २०७२, १३ : ५०
पेरिस – ज्याटलान इब्राहिमोविचले अन्त्यतिर निर्णायक गोल गरेपछि टोउलोउसेलाई १–० ले हराउँदै पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिग वानको शीर्ष स्थानमा २३ अंकको फराकिलो अग्रता बनाएको छ । खेल सकिन १७ मिनेट बाँकी छदा इब्राहिमोविचले डेभिड लुईजको क्रसमा हेड गोल गरेका थिए ।
यस जीतसँगै अपराजित रहेर फ्रान्सको माथिल्लो डिभिजनको उपाधी जित्ने पिएसजीको सपना कायम रह्यो । पिएसजीले यस सिजन खेलेका ३१ खेलमध्ये अहिलेसम्म एक खेल मात्रै हारेको छ । घरेलु प्रतियोगितामा अपराजित पिएसजी युरोपेली च्याम्पियन्स लिगमा रियाल म्याड्रिडसँग गत नोभेम्बरमा १–० ले पराजित भएको थियो ।
मोनाकोले आइतबार जीत हासिल गर्दै पिएसजीको अग्रतालाई २१ अंकमा छोट्याउन सक्छ ।
लाउरेन्ट ब्ल्यांकको टोलीले लगातार नवौँ जीत हासिल गर्न कडा संघर्ष भने गर्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण