साठी भन्दा बढी सैनिकको हत्या गरेको अल सेबाबको दाबी
मोगादिसु - अल कायदासँग सम्बन्ध रहेको एक सोमालियाली आतङ्ककारी समूह अल सेबाबले सोमालियमा रहेको अफ्रिकन युनियनको संयुक्त सैन्य शिविरमा हमलामा ६३ जना केन्याली सैनिकको हत्या गरेको दाबी गरेको छ । यसअघि केही केन्याली सैनिकको हत्या भएको बताइएको थियो । सोमालियाको सशस्त्र विद्रोही समूह अल सेबाबले सो हमला गरेको बताइएको हो । सोमालियामा रहेको सो सैन्य शिविरमा अल सेबाबले शुक्रबार बिहान सबेरै हमला गरेको जनाएको थियो । सोमालियाको राजधानी मोगादिसुबाट ५५० किलोमिटर पश्चिममा पर्ने शिविरमा उक्त समूहले अत्याधुनिक हतियारले हमला गरेको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् । सो समूहका प्रवक्ता अबिदबिज अबु मुसाबले शुक्रबार गरिएको कारबाहीमा केन्याका ६३ जना सैनिकको हत्या गरेको जानकारी शनिबार आफ्नो बेभसाइटमार्फत दिएका छन् । उनले सो आक्रमणलाई मुजाहिद्दिन समूहले गरेको एक सफल करबाहीका रुपमा पनि उक्त बेभसाइटमा जनाएका बताइएको छ । उक्त सशस्त्र समूह आतङ्ककारी सञ्जाल अल कायदासँग सम्बन्धित रहेको छ । उक्त क्षेत्रमा सो हतियारधारी समूहले यस अघि पनि पटक/पटक आक्रमणको प्रयास गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण