प्रधानमन्त्रीले देखेको सपनालाई हावादारी भन्ने ? : सञ्चारमन्त्री
काठमाडौं – सूचना तथा सञ्चार मन्त्री शेरधन राईले प्रधानमन्त्रीको लोडसेडिङ एक वर्षभित्र अन्त्य गर्ने घोषणालाई हल्का रुपमा लिएर हावादारी टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले एउटा राजनीतिज्ञ, मुलुकको कार्यकारी प्रमुखले देखेको सपना र महत्वकांक्षलाई कार्यान्वयन गर्ने दावी गरे । उनले भने, ‘मुलुकको कार्यकारी प्रमुखले देखेको सपनालाई हावादारी भनि टिप्पणी गर्ने, हावा, सौर्य उर्जा र जलविद्युत निर्माणलाई तिब्रता दिने विषयमा किन छलफल नगर्ने ? त्यसो भए के प्रधानमन्त्रीले एक सय वर्ष पनि लोडसेडिङ अन्त्य हुँदैन भन्ने ? कसरी लोडसेडिङ अन्त्य हुन्छ भन्ने योजना केही दिनमै ल्याउँछौ । राजनीतिक निकासपछि विकासको एजेण्डामा केन्द्रीत भएर अघि बढ्छौ ।’ रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा मन्त्री राईले एक खाले संविधान कार्यान्वयन हुनै नदिने र अर्को संविधान जारी गर्न सहकार्य गर्ने पक्ष उदासिन भएको आरोप लगाउँदै यी दुबै खाले चरित्र अहिले मुलुककोलागि खतरनाक भएको टिप्पणी गरे ।
केही दिनमै सहमति मन्त्री राइले सरकार केही दिनमै नेपालम जारी रहेको अघोषित नाकाबन्दी र राजनीतिक समस्या अन्त्य भएको घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । उनले भने, ‘मोर्चासँग सकारात्मक सहमतिमा पुग्दैछौं । केही दिनमा शिर्ष तहमा छलफल गरेर राजनीतिक संकट समाधानको घोषणा गर्दैछौ । राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिने गरी कुटनीतिक तहमा छलफल भएको छ फलस्वरुप अघोषित नाकाबन्दी अन्त्यको घोषणा गर्दैछौ ।’ मन्त्री राईले मधेसी मोर्चासँग सहमति भईसकेको दावी गर्दै सीमांकनमा राजनीतिक संयन्त्रलाई तीन महिनाको समय दिने र त्यसलाई संसदबाट बैद्यानिकता दिने बताए । सरकार सफल उनले संविधान जारी भएको डेढ महिना संविधान कार्यान्वयन गर्न सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न, सरकार गठन हुनु अघिकै समस्याको रुपमा रहेको अघोषित नकाबन्दी र त्यसबाट उत्पन्न मानवीय संकट समाधानलाई पहिलो प्राथमिकतमा राखेर समय खर्चिनु परेको भन्दै यसमा मुलुकको राष्ट्रिय स्वाभिमान झुक्न नदिई मुलुकलाई निकास दिन सरकार सफल भएको दावी गरे । मन्त्री राईले नाकाबन्दी अन्त्य, मधेसको समस्य समाधान, पुर्ननिर्माण विद्येयक, प्राधिकरण गठन गरेर महाअभियानको सुरुवात जस्ता कारणले सरकार सफल भएको दावी गर्दै बाहिर हल्ला फैलाईए जस्तो सरकारले केही गर्न सकेन भनेर शिर निहुँर्याउने अवस्था नरहेको बताए । उनले भने,‘ सरकारले सय दिनमा गरेको काम बुझ्ने गरी जनतालाई जानकारी दिने तयारी गरिरहेका छौ । प्रतिकुल परिस्थितिमा बनेको सरकारले राजनीतिक र कुटनीतिक समस्या समाधान गर्नु , अलपत्र परेको पुर्ननिर्माण विद्येयक पारित गराउनु, प्राधिकरण गठन गर्नु, पुर्ननिर्माण महाअभियान सुरु गर्नु, भुकम्प पीडितलाई न्यानोकोलागि १० हजार दिनु, प्रत्येक परिवारलाई दुई लाख अनुदान र थप सहुलियत कर्जा कार्यान्वयनमा लैजानु, दुई वर्षे सुधारको योजना ल्याउनु, विकासलाई तिब्रता दिन उच्चस्तरीय अनुगमन तथा निर्देशा समिति गठन गरेर काम सुरु हुनु । चीनसँग दिर्घकालिन रुपमा ब्यापार पारवहन तथा ईन्धन सम्झौताको आधार तयार हुनु सरकारको उपलब्धि हो ।’ उनले मुलुकले निकास पाएपछि प्रधानमन्त्रीले दुई छिमेकी चीन र भारतको भ्रमण गर्ने गरी आन्तरिक तयारी सुरु भईसकेको जानकारी दिदै कुन मुलुकको पहिलो भ्रमण भन्ने कुराको अर्थ नहुने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण