आर्थिक नाकाबन्दी अन्त्य पछिको इरान : नयाँ अध्यायको शुरुवात
तेहरान – इरानमाथिको आर्थिक नाकाबन्दी अन्त्य भएको केही घण्टाभित्रै राष्ट्रपति हसन रोउहानीले देशमा नयाँ अध्याय सुरु भएको बताएका छन् । अन्तर्राष्टिय परमाणुको वाचडग आईएईएले शनिबार मात्रै निमार्णाधिक आणविक हतियार बन्द गर्नका लागि इरान सहमत भएको जनाएको थियो । राष्टपति रोउहानीले यो सम्झौताले कुनै पनि देशलाई घाटा नलागेको बताएका छन् । अधिकांश पश्चिमा राष्टले इरानको यो कदमको स्वागत गरेका छन् । तर इजरायली प्रधानमन्त्रीले तेहरानले अझै आणविक बम बनाउन चाहेको बताएका छन् । इरानले अझै आणविक हतियार बनाउन चाहनेछ । यस क्षेत्रमा अस्थिरता र आतंकवाद फैलाउन चाहन्छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका छन् । यता, इरानी राष्टपति रोउहानीले इजरायल र अमेरिकी संसद्मा रहेका कट्टरपन्थीबाहेक अन्य सबै व्यक्ती यो सम्झौताबाट खुसी रहेको प्रतिक्रिया दिएका छन् । राष्टका नाममा विज्ञप्ती जारी गर्दै उनले भनेका छन् , हामी इरानीहरु विश्वमा मित्रताको सन्देश छर्दै अघि बढेका छौँ । आशंका र दुश्मनीलाई हामीले चिरेका छौँ । बाँकी विश्वलाई इरानसँग जोड्नका लागि नयाँ अध्यायको सुरुआत गरेका छौँ । उनले आर्थिक नाकाबन्दीको अन्त्य इरानको अर्थतन्त्रका लागि टर्निंग प्वाइन्ट साबित हुने बताएका छन् । उनले तेलमा मात्रै आफ्नो देश निर्भर नरहने बताएका छन् । त्यसैगरी युरोपेली यूनियनका वैदेशिक नीति प्रमूख फेडरिका मोगिरिनीले इरानमाथिको आर्थिक नाकाबन्दीको अन्त्य र इरानको प्रतिवद्धताले यस क्षेत्रमा शान्ति र सुरक्षाको स्थिती सुर्धान महत्वपूर्ण योगदान गर्ने बताएका छन् । सम्झौतापछि इरानले अराकनजिक आणविक हतियार बनाउनका लागि प्रयोग गर्ने गरेका समाग्रीहरु कटौती गरेको छ । आर्थिक नाकाबन्दी खुलेसँगै इरानका यातायत मन्त्रीले इरानी अधिकारीहरु १ सय १४ वटा नयाँ विमान खरिद गर्नका लागि युरोपतर्फ लागेको बताएका छन् । इरानले गत नोभेम्बरमा आफूमाथिको नाकाबन्दी हटाइए दैनिक निर्यात गरिने तेलको संख्या दोब्बर हुने जनाएको थियो । इरानले यसअघि नै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहने बताउँदै आएको थियो । तर इरानसँगको पारमाणविक सम्झौताका विरोधी विशेषगरी अमेरिकाको रिपब्लिकन पार्टीले इरानले न्यूक्लियर बम्ब बनाउन सक्ने आशंका गर्दै आएको थियो । अमेरिकाका विदेशमन्त्री जोन केरीले पनि आणविक विषयलाई लिएर अमेरिकाले इरानमाथि गर्दै आएको आर्थिक नाकाबन्दी खोल्न निर्देशन दिइसकेका छन् । गत वर्षका जुलाईमा इरानले विश्वका ७ शक्तीशाली राष्टसँग आणविक सम्झौता गर्ने सहमति गरेको थियो । अमेरिका यस सम्झौतापछि इरानले आणविक हतियार नबनाउनेमा विश्वस्त थियो । इरानले आणविक उर्जाको अधिकार आफ्नो देशका लागि आवश्यक रहेको बताउँदै आएको छ । उसले हतियार बनाउने प्रयोजनका लागि नभएर अन्य विकासका कार्य सम्पन्न गर्न आणविक उर्जाको प्रयोग गर्दै आएको बताएको छ । इरानले सन् २०१२ देखी नाकाबन्दीका कारण १ सय ६० बिलियन रेभिन्यू तेलबाट मात्रै गुमाएको छ । नाकाबन्दी खुलेसँगै अब इरानले अन्तर्राष्टिय बजारमा आफ्नो तेल बेच्नेछ । इरान संसारकै चौथो ठूलो तेलको स्रोत भएको देश हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण