सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

करेन्ट लगाएर माछा मार्ने तीन पक्राउ

आइतबार, ०३ माघ २०७२, १५ : ४६
आइतबार, ०३ माघ २०७२

इलाम - अनधिकृतरूपमा खोलामा करेन्ट लगाएर माछा मार्ने काममा संलग्न तीन जनालाई प्रहरीले आज बिहान गजुरमुखी गाविसबाट पक्राउ गरेको छ । ब्याट्रीबाट करेन्ट लगाएर देउमाई खोलामा माछा मारिरहेको अवस्थामा प्रहरीले गोदक–२ का २० वर्षीय जीवन राई, सोही वडाका ४३ वर्षीय तेजबहादुर राई र गोदक–१ का ३० वर्षीय सोमबहादुर लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो । उनीहरूसँगै प्रहरीले माछा मार्न प्रयोग गरिएका ब्याट्री एक थान, तार, माछा मार्ने हुक, पावर कन्ट्रोलर र केही माछासमेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई जलचर संरक्षण ऐन, २०१७ अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रनि चुडालले बताउनुभयो । यो समूहले विभिन्न खोलामा करेन्ट लगाएर माछा मार्ने र बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप