अफगानिस्तानमा अर्को बम हमाला, १३ को मृत्यु २० घाइते
जलालावाद – अफगानिस्तानको जलालावादमा आइतबार बिहान भएको आत्मघाती बम आक्रमणमा परेर १३ जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । एक वरिष्ठ अफगानी अधिकारीको आवास नजिक आत्मघाती बिस्फोट भएको हो । अधिकारीहरुले प्रान्तिय काउन्सिलका सदस्य ओबाइदुल्लाह सिनवारीको घर नजिक बिस्फोट भएको बताएका छन् । गत बुधबार जलालावादमा पाकिस्तानी कन्सुलेटलाई निशाना बनाएर भएको बिस्फोट र गोली हमालाको जिम्मा इस्लामिक स्टेटल लिइसकेको छ । तर, अहिलेको हत्याको जिम्मेवारी भने कसैले लिएको छैन् । अफगानिस्तानका प्रहरी अधिकारीहरुले सबै तीन आक्रमणकारी तथा सात सुरक्षाकर्मीको पूर्वी नानगरहर प्रान्तमा दोहोरो भिडन्तका क्रममा निधन भएको जनाएको छ । कन्सूलेट अगाडी चार घण्टासम्म दोहोरो भिडन्त चलेको थियो । तालिवान विरुद्धको शान्तिवार्ता अघि भएको हमालाले अफगानिस्तानमा अर्को त्रास उत्पन्न गरेको छ । यसै हप्ता अफगानिस्तान, पाकिस्तान, अमेरिका र चीनले तालिवानसँग शान्तिवार्ता गर्नका लागि हात अघि बढाएका थिए । सोमबार काबूलमा चार राष्ट्रका प्रतिनिधिले कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण