सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

श्रीमतीलाई खुकुरी प्रहार गर्ने पूर्व प्रहरी चोरीको आरोपमा पक्राउ

आइतबार, ०३ माघ २०७२, १६ : ३९
आइतबार, ०३ माघ २०७२

भीमदत्तनगर - कञ्चनपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी तथा लुटपाट गर्दै आएका एक पूर्व प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले काठमाडौँबाट नियन्त्रणमा लिइएको छ ।

भीमदत्तनगरपालिका क्षेत्रमा पटकपटक मोटरसाइकल चोरी र बेल्डाँडी सडक खण्डमा लुटपाट गर्दै आएका कञ्चनपुरको झलारीपिपलडी नगरपालिका–५ का २२ वर्षीय रविन्द्र साउदलाई काठमाडौँको बागबजारबाट नियन्त्रणमा लिई शनिबार यहाँ ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गत साउनमा पूर्व प्रहरी जवान साउदले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी मार्ने प्रयास गरेपछि उनी जागरिबाट निलम्बित भएका थिए । पक्राउ परेका साउदलाई जिल्ला अदालत कञ्चनपुरमार्फत आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप