लगातार तेस्रो वानडेमा भारतलाई पराजित गर्दै अस्ट्रेलियाद्वारा सिरिजमाथि कब्जा
मेलबर्न – भारतलाई लगातार तेस्रो खेलमा पराजित गर्दै अस्ट्रेलियाले एकदिवसीय क्रिकेट श्रृंखलामाथि कब्जा जमाएको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा ३ विकेटको जीत हात पार्दै अस्ट्रेलियाले ५ खेलको श्रृंखलामा ३–० को अग्रता लिएको हो ।
पहिलो ब्याटिङ गर्दै भारतले प्रस्तुत गरेको २ सय ९६ रनको लक्ष्य अस्ट्रेलियाले ४८.५ ओभरमा ७ विकेट गुमाएर पछ्यायो । मेलबर्न क्रिकेट मैदानमा अहिलेसम्म सफलतापूर्वक पछ्याइएको यो सबैभन्दा ठूलो स्कोर हो । मेलबर्नमा यसअघि २ सय ९४ रनको चुनौती मात्र सफलतापूर्वक पछ्याइएको छ ।
अस्ट्रेलियालाई जीत दिलाउन ग्लेन म्याक्सवेलले ९६ रनको योगदान दिए । उनले त्यस क्रममा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ओपनर सन मार्सले ६१ र कप्तान स्टिभन स्मिथले ४१ रनको योगदान दिए । २१ रन बनाएका जेम्स फकनरले विजयी रन हान्दै अस्ट्रेलियालाई जित दिलाए ।
भारतका लागि उमेश यादव, रविन्द्र जडेजा र इशान्त शर्माले दुई–दुई विकेट लिए ।
यसअघि विराट कोहलीले किर्तिमानी शतकको मद्दतले भारतले अस्ट्रेलियासामु तेस्रो एकदिवसीय खेलमा २ सय ९६ रनको चुनौती प्रस्तुत गरेको थियो । कोहलीले १ सय १७ रन बनाएपछि भारतले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ९५ रन बनायो । कोहलीले १ सय १७ बलमा ७ चौका र २ छक्काको मद्दतले १ सय १७ बनाएका थिए । यो उनको २४ औं एकदिवसीय शतक हो । उनी सबैभन्दा चाँडो २४ शतक बनाउने खेलाडी पनि बनेका छन् । २१९ एकदिवसीयमा २४ शतक बनाउने सचिन तेन्दुलकरभन्दा यो ५८ इनिङले कम हो । त्यस्तै एकदिवसय क्रिकेटमा उनी सबैभन्दा छिटो ७ हजार रन पूरा गर्ने खेलाडी पनि बने ।
खेलमा शिखर धवन र अजिंका रहानेले क्रमशः ६८ र ५० रन बनाए । ३ सयौं खेलमा भारतको कप्तानी गरिरहेका महेन्द्रसिंह धोनीले ९ बलमा २३ रन बनाए । अस्ट्रेलियाका लागि जोन हेस्टिङले चार विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण