रणवीरसँगको प्रेम सम्बन्ध टुटेको खबरबीच सलमानसँगै देखिइन कैट्रिना
मुम्बाई – रणवीर कपूरसँगको प्रेम सम्बन्ध टुटेको खबर चर्चामा रहेका बेला कैट्रिना कैफले शनिबार राती पूर्व प्रेमी सलमान खानसँग भेटेकी छिन् । सञ्चारमाध्यमहरुका अनुसार नीहरु एक पार्टीमा एकसाथ भेटिएका थिए । सलमानको नयाँ चलचित्र सुल्तानका निर्देशकले जुहूको एक क्लबमा पार्टी राखेका थिए । सन् २००९ मा अजब प्रेम की गजब कहानी खेलेपछि कैट्रिना रणवीर कपूरसँग नजिकिएकी थिइन् । तर उनीहरु दुबैले आफ्नो प्रेम सम्बन्धका विषयमा कहिल्यै मुख भने खोलेनन् । कैट्रिनासँगको सम्बन्ध टुटेपछि रणवीर आफ्ना बाबु आमासँगै बस्न फर्किएको पनि बताइएको छ । यसअघि कैट्रिना र रणवीर लिव इन रिलेशनमा रहेको बताइएको थियो । कसरी भेटिन् कैट्रिनाले सलमान निर्देशक अली अब्बासले सुल्तानका कलाकार तथा आफ्ना केही साथिलाई पार्टीमा बोलाएका थिए । यस पार्टीमा कबीर खान र मिनी माथुर पनि सहभागि थिए । सलमान पनि पार्टीमा आउँछन् भन्ने जानकारी पाएपछि कैट्रिना पार्टीमा सहभागि भएको एक अंग्रेजी वेभसाइटले जनाएको छ । निर्देशक अब्बाससँग कैट्रिनाको राम्रो सम्बन्ध छ । पार्टीमा सलमान र कैट्रिना घण्टौँसम्म आपसी कुराकानीमा व्यस्त रहेको पनि बताइएको छ । कैट्रिना पार्टीबाट २ बजे फर्किएकी थिइन् भने सलमान बिहानैसम्म त्यही थिए । सलमानसँग टाढा थिइन् कैट्रिना यसअघि रणवीरसँग प्रेम सम्बन्धमा रहदाँ कैट्रिना सलमानसँग टाढा हुने गरेकी थिइन् । सलमानले पनि यसअघि बेला मौकामा कैट्रिनाको कुरा गर्ने गरेका थिए । तर उनले कैट्रिनासँगको सम्बन्धलाई लिएर कहिल्यै केही बोलेनन् । स्रोतका अनुसार , कैट्रिनालाई अफ्टेरो पर्दा सलमानले सधैँ उनको मद्धत गर्ने गरेका छन् । अहिले पनि अफ्टेरो परिस्थितीबाट गुज्रिएका कारण कैट्रिना सलमानलाई भेट्न पुगेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण