सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

चीनले नेपालसँग माग्यो दुई जोडी गैँडा

आइतबार, ०३ माघ २०७२, १८ : १०
आइतबार, ०३ माघ २०७२

काठमाडौं – चीन सरकारले विस्तृत अध्ययनका लागि भन्दै नेपालसँग दुई जोडी गैँडा मागेको छ । वन मन्त्री अग्नी सापकोटाको चीन भ्रमणका क्रममा चीनले गैडा मागेको हो ।

नेपालले पनि सधँै चीनसँग मागिरहेको भन्दै नेपालका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री सापकोटाले जानकारी दिए ।

चीन सरकारको प्रस्तावमा आफूले सकारात्मक जवाफ दिएको उल्लेख गर्दै मन्त्री सापकोटाले चीनको कूटनीतिक पहलबाट सोबारेमा पत्र प्राप्त भएपछि कानुनी प्रावधान हेरेर नेपाल सरकारले निर्णय गर्ने बताए ।

भ्रमणमा क्रममा बाँस र बेतका लागि अन्तर्राष्ट्रिय सञ्जालका सहअध्यक्ष तथा बाँस र बेतका लागि अन्तर्राष्ट्रिय केन्द्रका अध्यक्ष चियाङ जिहुइ ९मन्त्रीस्तर० सँग बेत र बाँसको क्षेत्रमा चीन सरकार तथा त्यस संस्थाबाट हुनसक्ने सहयोगका बारेमा छलफल भएको थियो ।

बाँस र बेतका लागि अन्तर्राष्ट्रिय सञ्जालले सन् २०१७ सेप्टेम्बरमा चीनमा आयोजना गर्ने सम्मेलनमा नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप