सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कार्यदलले तयार गर्यो राजनीतिक संयन्त्रको कार्यविधि

आइतबार, ०३ माघ २०७२, १८ : १९
आइतबार, ०३ माघ २०७२

काठमाडौ – प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच गठन भएको कार्यदलको बैठकले राजनीतिक संयन्त्रको कार्यविधि (टीओआर) तयार गरेको छ । आइबार सिंहदरबारमा बसेको बैठकले उक्त कार्यविधि तयार गरेको हो

शनिबार मधेशी मोर्चाले राजनीतिक संयन्त्र बनाएर सिमांकनको विवाद टुग्यांउन मानेपछि सहमतिको वातावरण सकारात्मक मोडमा गएको थियो । त्यसै अनुरुप मोर्चाले माग गरे अनुसार संयन्त्रको कार्यविधि आज तयार गरिएको हो । यसअघि तीन दलले पटक–पटक राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सीमांकनको विषय टुग्यांउन प्रस्ताव गरेपछि त्यसलाई मधेशी मोर्चाले त्यसलाई अस्वीकार गर्दै आएको थियो । राजनीतिक संयन्त्र वा समितिको विश्वासिलो आधार तयार नभए वा त्यसको कार्यविधि (टीओआर) तयार नभएसम्म त्यसलाई नमान्ने अडान लिँदै आएको थिए । त्यसपछि तीन दलले राजनीतिक संयन्त्रलाई संसदबाट अनुमोदन गराउने, त्यसका लागि टीओआर बनाउने, विगतमा भएका अध्ययन प्रतिवेदनलाई पनि सन्दर्भ समाग्रीको रुपमा प्रयोग गर्ने स्वीकार गरेपछि मात्र मोर्चाले राजनीतिक संयन्त्र बनाउन तयार भएको हो । बैठकपछि कुरा गर्दै एमाओवादी नेता कृष्णबहादुर महराले आजको बैठकमा ठोस कुराकानी भएको बताए । नेताहरुले कार्यविधि तयार गरेको बताए पनि कार्यविधिमा के रहेको विषय भने खुलाएनन् ।

बैठकमा सहभागी एक नेताले भने कार्यविधिमा राजनीतिक संयन्त्रलाई वैधानिकता दिने लगायतका विषयहरु समावेश रहेको रातोपाटीलाई बताए ।

कार्यदलले अब तयार पारिएको कार्यविधि शीर्ष दलहरुलाई बुझाउने छ । शीर्ष दलको छलफलपछि भोली ३ बजे पुनः कार्यदलको बैठक बस्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप