अरु युवा नेता तयार नभए महामन्त्रीमा मेरै उम्मेदवारी हुन्छ : गगन थापा
दाङ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको १३ औं महाधिबेशनमा युवा पुस्ताले महामन्त्रीमा उमेद्वारी दिने बताएका छन् । आइतबार दाङको घोराहीमा रिपोर्टस् क्लव नेपाल दाङ शाखा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीका निर्णायक तहमा पदाधिकारीको भूमिका हुने भएकाले युवा पुस्ताले महामन्त्रीमा दावी गर्ने बताए । आफ्नो पुस्ताका अरु नेताहरु तयार नभए आफू महामन्त्रीमा उमेद्वारी दिन आफू तयार रहेको उनले घोषणा समेत गरे । रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा वोल्दै युवा नेता थापाले अघिल्लो पुस्ताका सबै नेताहरुले सभापति नै ताकिरहेकाले युवा महामन्त्री युवा पुस्ताकै हातमा आउने सम्भावना बढेको उनले बताए ।
हाल सभापति, उपसभापति रहेका नेताहरु पार्टीको अभिभावकको रुपमा रहनुपर्ने र अहिले महामन्त्री रहेका नेताहरु सभापति जानुपर्ने धारणा उनको थियो । काँग्रेसमा नयाँ सदस्य भित्र्याउन निकै कडाइ गर्ने र भित्रिएकाहरु आजिवन पद्मा रहने संस्कार अन्त्य हुनुपर्ने धारणा थापाले राखे ।
कार्यकारी पद्मा उमेरको हदबन्दी कायम गर्न आबश्यक रहेको थापाले बताए । त्यसै गरी उनले हाल पार्टि गुटहरुको संघ जस्तै भएको भन्दै पार्टीमा फरकमत हुनु स्भाविक भएपनि त्यसलाई अत्य गर्नुपर्ने उनको सुझाव थियो । उनले हाल नेपालका सवैपार्टिहरु गुठ, उपगुठमा लागेको भन्दै त्यसले पार्टीलाई राम्रो नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण