सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बिहिबारदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा भेटियो

सोमबार, ०४ माघ २०७२, १० : ३१
सोमबार, ०४ माघ २०७२

जलेश्वर – गत बिहाबार साझ करिव ६ बजेदेखि जलेश्वर–१२ मलिवारास्थित बस स्टेण्ड नजिकबाट हराएका नविन पाण्डेयका ११ वर्षीय छोरा निश्चल पाण्डेयको शव गाडिएको अवस्थामा फेला परेको छ । जलेश्वर–१३ को धवौलीस्थित रातो नदीको किनार पाण्डेको शव गाडिएको अवस्थामा फेला परेको हो । पाण्डेयको अपहरण भएको आशंकामा पक्राउ परेका एक अभियुक्तले पाण्डेको अपहरण र हत्या गरेको स्वीकार गरेपछि पाण्डेको शव फेला परेको हो । अभियुक्त स्वयंले नै शव गाडिएको ठाउँ खुलाएपछि प्रहरीले  आइतबार राती खोलाको किनारबाट गाडिएको शव झिकेको थियो ।

प्रहरीका अनुसार अपहरण गरेको आधा घण्टामा नै बालकको हत्या गरिएको थियो । प्रहरीले अभियुक्तको नाम र के कारणले अपहरण र हत्या भयो भन्ने खुलाएको छैन । आज साँझ पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गरिने प्रहरीले बताएको छ । मृतक पाण्डेको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पतालमा राखिएको छ । आइतबार बिहान मात्र जिल्ला प्रहरीका प्रहरी उपरिक्षक जनक भटटराईले खबर पाउनासाथ सर्च अपरेशन सुरु भएको र शंकाको आधारमा केहि व्यक्तिलाई सोधपुछको लागि नियन्त्रणमा राखिएको  रातोपाटीलाई जानकारी दिएका थिए ।

विगत केहि दिनमा महोत्तरीका वालवालिका अपहरण र हत्या हुने क्रम वढेकोले समाजमा डर र त्रास फैलिएको अवस्था छ । सीमामा तस्करी फस्टाएसँगै आपराधिक कृयाकलापहरु पनि बढेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप