सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

तीन दलको प्रस्तावमा विश्वासको आधार देखिए मात्र सहमति : शुक्ला

सोमबार, ०४ माघ २०७२, १० : ४८
सोमबार, ०४ माघ २०७२

जलेश्वर – नेपालका तीन प्रमुख दलले मोर्चासंग मांगेको ३ महिनाको समयसिमामा पुर्ण विश्वासको आधार देखिए मात्र मान्य हुने मोर्चाका घटक तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री एवं सभासद सर्वेन्द्रनाथ शुक्लाले बताएका छन् । तमलोपाको मधेशी जन जागरण अभियानको आईतवार समापन कार्यक्रममा प्रमुख अतिथि रहेका शुक्लाले सो कुरा बताएका हुन । काँग्रेस र एमाले दुवै सरकारसंग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा दुई दर्जन भन्दा बढी पटक वार्तामा बसिसकेको र सुरुवातको प्राय सवै वार्ता सैद्धान्तिक कुरामा मात्र सिमित रहेको उनले बताए । ‘विगत ५ महिना देखि मधेश लगायत सम्पुर्ण नेपालका जनताले सास्ती भोग्दै आएका छन् । त्यही भएर हामी वार्ता सफल बनाउन आफुहरु हदैसम्म लचिलो रहेको र एमाले,काँग्रेस एवं माओवादीले ल्याएको प्रस्तावमाथी आफुहरु लचिलो भई समस्याको निकास दिन खोजेका हौं,’ प्रमुख अतिथि शुक्लाले भने । तर विगतमा सत्तापक्षबाट पटक–पटक धोखा भएकोले आफुहरु सो प्रति पनि सचेत रहेको र सो प्रस्तावमा उनीहरुले मधेशी जनताको विश्वास जित्न सक्ने आधार देखाउन सके मात्र सो मान्य हुने सम्भावना रहने जनाएका छन् । विगत दश दिनदेखि तमलोपाले जन जागरण अभियान अन्तर्गत महोत्तरीको ग्रामिण भेगहरुमा गई आन्दोलनमा सरकारले गरेको दमन र सरकारले जनतामा फैलाएको भ्रमबारे सुसूचित गर्दै आएको छ । कार्यक्रममा मोर्चा आवद्ध नेताहरु सुरेश पाण्डेय,रामशंकर मित्र (शाहीजी),राम नरेश राय, हरि नारायण मण्डल, सुशिल शर्मा लगायतका दर्जनौ नेताहरुको उपस्थिति रहेको थियो भने उदघोषण तमलोपाका युवा नेता शुशिल राउतले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप