पुजा गुप्ता टिन स्टार नेपाल २०१६ र क्रिष्टल राई लिटिल च्याम्प २०१६
काठमाडौं – बालबालिकाहरुको प्रतियोगीतामा निश्वार्थ भावले आयोजना गर्दै आइरहेको मर्निङ ग्लोरी नेपालले पछिल्लो चोटी आयोजना गरेको टिन स्टार नेपाल २०१६ र लिटिल च्याम्प २०१६ को विजेता छनौट गरिएको छ । पुजा गुप्ताले टिन स्टार नेपाल २०१६ को उपाधि आफ्नो हातमा पार्दा क्रिष्टल राईले लिटिल च्याम्प २०१६ को उपाधी जितेकी छिन् । टिन स्टार नेपाल २०१६ को रनरअपको ताज भने हिसिला महर्जनले जितेकी छिन् । उनले मोस्ट ट्यालेन्टको उपाधीसमेत हात पारिन् । पुजा गुप्ताले टिन स्टार नेपाल २०१६ को ताज सहित, मोस्ट हेलफुलको उपाधी समेत आफ्नो पोल्टामा पार्न सफल भइन् । उता क्रिष्टल राईले भने लिटिल च्याम्प २०१६ ताजसंगै बेस्ट कपाल र मोस्ट ट्यालेन्टको उपाधी समेत हात पारिन् । विजेता विनरहरुलाई कार्यक्रमका अतिथी तथा वरिष्ठ चलचित्र अभिनेता तथा निर्देशक निर शाह, अभिनेत्री श्वेता खड्का (श्रेष्ठ), वरिष्ठ चलचित्र नृत्य निर्देशक बसन्त श्रेष्ठ आयोजक मर्निङ ग्लोरी नेपालकी अध्यक्ष मोहना क्षेत्री खनाल साथै जजहरु : गायिका सुनिता प्रधान लिम्बु, रशिला शाक्य सुवाल, सुवेक्षा खड्का (मिस नेपाल इन्टरनेशनल २०१२), चलचित्रकर्मी प्रतिमा श्रेष्ठले ताज र ट्रफि प्रदान गरेका थिए । त्यस्तै सब टाइटलमा टिन स्टार नेपाल २०१६ तर्फ मोस्ट ट्यालेन्ट र मोस्ट एक्टिभको उपाधी आरती गुप्ताले हात पार्दा मलाइका मगरले बेस्ट ड्रेस र बेस्ट स्माइलको उपाधी आफ्नो हातमा पारेकी छिन् । त्यस्तै मोस्ट एक्टिभ रोहित श्रेष्ठ, मोस्ट ह्यान्डसम श्रेयश न्यौपाने, बेस्ट क्याटवाक विपना, बेस्ट फोटोजेनिक, सुप्रिया नेपाल, बेस्ट कपाल, दिपशिका, बेस्ट डिसिप्लेन सुमना अधिकारी, मोस्ट फ्रेन्डली अलिना तुलाधरले हात पारेका छन् ।
लिटिल च्याम्प २०१६ को सब टाइटलमा श्रीया प्रधान मोस्ट चार्मिङ, मनानी देउ बेस्ट आखा, नइनान्स घले बेस्ट फोटोजेनिक, सचिन लामिछाने मोस्ट ह्यान्डसमको उपाधी जितेका छन् । विजेताहरुको छनौट जजहरु क्रशम गायिका सुनिता प्रधान लिम्बु, रशिला शाक्य सुवाल, सुवेक्षा खड्का (मिस नेपाल इन्टरनेशनल २०१२), चलचित्रकर्मी प्रतिमा श्रेष्ठले गरेका थिए । चर्चित आरजे, मोडल तथा कोरियाग्राफर कला सुब्बाले यस प्रतियोगीताको कोरियोग्राफी गरेकी थिइन् भने एसिस्नेट कोरियोग्राफीमा बिपास्ना क्षेत्री खनालले काम गरेकी हुन् ।
कार्यक्रम भब्य सभ्य रुपमा मनोरञ्जनात्मक बनेको थियो । कार्यक्रमको सुरुवातमा स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झना गर्दै दिप प्रज्वलन गरेर कार्यक्रम अगाडी बढाइएको थियो । कार्यक्रममा गायिका तायाहाङ्मा राईले ‘कोई छ’ बोलको गीत प्रस्तुत गरेकी थिइन्, भने अन्य कलाकारहरुकोपनि प्रस्तुती रहेको थियो । साथै बालबालिकहरुले तारिफ गर्न लायकको प्रस्तुतीहरु दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण