भूकम्प पीडितलाई ५४ सय थान कम्बल
काठमाडौ - हिउँ र तुषारोका कारण चिसोमा कठाङग्रीएका भुकम्प पीडितलाई भैरोचना फाउण्डेसनले स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा पाँच हजार थान न्याना कम्बल वितरण गरेको छ । खुला आकामुनि बस्दै आएका भूकम्प पीडितलाई फाउण्डेसनले पाँच हजार चार सय चार थान कम्बलसहित बच्चाहरुका लागि ज्याकेट र टोपी पनि वितरण गरेको छ । फाउण्डेसनका संयोजक तोराकिची अकिताका अनुसार माथिल्लो गोरखाको उइयामा पाँच सय १५ थान,केरुञ्जामा तीन सय थान ,दोलखाको बिगुमा नौ सय थान,सुष्पा क्षमावतीमा एक हजार चार सय १५ थान,खोपाचाँगुमा आठ सय थान कम्बल वितरण गरिएको छ । ‘चिसोले त्यहाँका भुकम्प पीडित निकै पीडित भएको थाहा पाएपछि हामीले स्वदेशी तथा बिदेशी दाताहरुको सहयोगमा कम्बल किनेर वितरण गरेका हौ’तोराकिची अकिताले भने । सिन्धुपाल्चोकको सेलाङ गाविसको बाँसखर्कमा बस्दै आएका भुकम्प पीडितका लागि दुई थान,साँगाचोकको भीमटारस्थित माझीगाउँमा दुई सय ५० थान,बतासेका दलित र बिस्थापितहरुका लागि दुई सय थान कम्बल बितरण गरिएको संयोजक तोराकिची अकिताले जानकारी दिए । त्यसैगरी धादिङको चेपाङ वस्तीमा ६० थान कम्बल,एक सय ३५ थान बच्चाको ज्याकेट र तीन सय थान सुरुवाल वितरण गरिएको छ । धादिङको सल्यानटारका भुकम्प पीडितलाई ७२ थान कम्बल,नुवाकोटको खडगभञ्याङस्थित पिपलडाँडामा ५० थान,ललितपुर पहरी बस्तीमा १४ थान कम्बल बितरण गरिएको छ । यसैगरी सिन्धुपाल्चोकको ठोकर्पास्थित बालशिक्षा प्रावि जामुनेमा एक सय १० थान ज्याकेट र टोपी,भक्तपुरको गणेश प्रावि दुवाकोटमा एक सय १५ थान ज्याकेट र टोपी वितरण गरिएको संयोजक तोराकिची अकिताले बताए । ‘भुकम्प पीडितका बालबालिकाले जाडोमा पातला कपडा पनि पाउन नसकेको थाहा पाएपछि हामीले ज्याकेट र टोपी वितरण गरेका हौ’तोराकिची अंकिताले भने । जामुनेमा अल्पसंख्यक पहरी समुदायका बालबालिका थिए भने भक्तपुरको दुवाकोटमा सिन्धुपाल्चोक,काभ्रे लगायत भुकम्प प्रभावित क्षेत्रबाट आएर इटा भटटामा काम गर्ने मजदुरका छोरा छोरीका लागि ज्याकेट र टोपी वितरण गरिएको तोराकिची अकिताले बताए । जाडोमा न्यानो कपडा वितरणका लागि सहयोग जुटाउन र वितरण गर्नमा थोमस जे म्याथ्यु,प्रविण रावत,जानकी कडायत,पासाङ ल्हामु शेर्पा अकिता योगदान रहेको संयोजक तोराकिची अकिताले बताए । उनले भने ‘हामी अहिले पनि अत्यावश्यक ठाउँमा न्याना कम्बल वितरण गर्दैछौ,त्यसका लागि दाताहरुसँग सहयोगको अपेक्षा पनि गरिरहेका छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण