नेपालमा हुने सहमतिलाई स्वागत गर्छौः भारतीय नेता भदौरिया
काठमाडौ - भारतीय समाजवादी पार्टीका प्रवक्त सुधिन्द्र भदौरियाले नेपालका दलहरुवीच भईरहेको छलफल सहमतिमा पुगे त्यसलाई भारतले स्वागत र समर्थन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालको समस्या समाधान एउटै मात्रै बाटो सम्झौता हो । यो छिटो होस, अब कत्तिन जेलसम्म संघर्षमात्रै गरिरहने । यहाँका दलहरुबीच सहमति भए हामी स्वागत गर्छौ । हामी खुसी हुन्छौ ।’ साक्षात्कारमा भदौरियाले नेपालमा संविधान बन्दा नै सबैले समेट्न सकेको भए राम्रो हुन्थ्यो भन्दै ढिलै भए पनि सबैलाई समेट्ने प्रयास हुनु सकारात्मक रहेको टिप्पणी गरे । उनले भने,‘ संविधानमा भभएको कमि पुरा गर्ने प्रयास भईरहेको छ । अब यो छिटोहुनु पर्छ । मधेसीलाई समाहित गर्ने काम छिटो होस । आशा धेरै हुँदा पुरा हुँदैन अनि बार्ता हुन्छ । यसको निकास वार्ता बाहेक अर्को छैन ।’ भदौयिराले फागु पुर्णिय भन्दा अघि नै सहमति गरेर सबै नेपालीले खुसीयालीपूर्वक पर्व मनाउन भन्ने कामना समेत साक्षात्कारमा ब्यक्त गरे । नेपाल भारत एक अर्का प्रति आश्रित रहेको उल्लेख गर्दै नेपाल भारतमा देखिएको समस्या सुल्झाउन आफूहरु लाग्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने,‘ हामी सगरमाथाबाट निस्कने नदिको पानी पिउछौ, सिचाई गर्छौ, जीवन चलाउँछौ त्यसैले यो समस्या सुल्झाउनु पर्छ । नेपालको समस्या नेपालीले सुल्झाउनु पर्छ । नाकामा देखिएको समस्या सुल्झाएर जीवन सहज बनाउनु पर्छ भनेर हामीले पहिलादेखि नै भन्दै आएका छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण