अर्थमन्त्री पौडेल र एशियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीनबीच भेटवार्ता
काठमाडौं – चीन भ्रमणमा रहनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र एसियाली पूर्वाधार लगानी बैंकका नव निर्वाचित अध्यक्ष जिन लिक्वीनका बीच नेपालको आर्थिक तथा पूर्वाधार विकासका सन्दर्भमा द्विपक्षीय छलफल भएको छ । उक्त अवसरमा अर्थमन्त्री पौडेलले जीनलाई अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना दिए ।
अर्थमन्त्री पौडेलले नेपालमा पूर्वाधार विकासको अपरिहार्यता उल्लेख गर्दै जलविद्युत उत्पादन, प्रशारण र यातायात क्षेत्रको विकासमा एसियाली पूर्वाधार विकास बंैकबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।
प्रत्यूत्तरमा अध्यक्ष जीनले बैंकको स्थापनामा नेपालले खेलेको सकारात्मक भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष जीनले नेपालमा कार्यान्वयन योग्य परियोजना तयारी हालतमा भए चालू वर्षमै कार्यान्वयनमा लैजान बैंकले प्रयास गर्ने उल्लेख गरे । साथै उपयुक्त परियोजनाका पहिचान गरी बैंक समक्ष सिफारिस गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण