सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नायिका थापा ६ महिनाका लागि निलम्बन

सोमबार, ०४ माघ २०७२, १५ : ३८
सोमबार, ०४ माघ २०७२

काठमाडौँ– बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले आफ्नो संवेदनशील अङ्ग ढाकेर तस्बिर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार सङ्घले कारबाही गरेको छ ।

सङ्घको कार्यसमितिको बैठकले उनलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको सङ्घका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए ।

देशका गहना कलाकारले कुनै पनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पु¥याउनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही गरिएको उनको भनाइ थियो ।

उनले भने – “उनले गल्ती स्वीकारेकी छन्, त्यसैले छ महिनासम्ममा उनमा पूरै सुधार आउने हामीले अपेक्षा गरेका छौं ।” केही हप्ताअघि अभिनेत्री थापाले सामाजिक सञ्जालमा उक्त अर्धनग्न तस्बिर राखेकी थिइन् । यसको बुद्ध धर्मावलम्बीलयायतबाट विरोध भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप