सभामुख घर्ती स्वदेश फिर्ता
सोमबार, ०४ माघ २०७२, २२ : ५४
काठमाडौँ - व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्ती स्वदेश फर्केकी छिन् ।
एकीकृत नेकपा ९माओवादी०का सचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन थाइल्यान्ड प्रस्थान गरेकी घर्ती आज साँझ नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्केकी हुन् ।
सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले व्यवस्थापिका–संसद्को मङ्गलबारको बैठक सञ्चालनका लागि आज साँझ स्वदेश फर्केको जानकारी दिए ।
एमाओवादी नेता पुनको थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार भइरहेको छ । कलेजो रोगको समस्याका कारण नेता पुनको विगत एक महिनादेखि उपचार भइरहेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ सभामुख घर्ती गत पुस २२ गते त्यसतर्फ प्रस्थान गरेकी थ्इिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण