सभापतिमा फेरि कोइरालालाई एक मौका : डा रिजाल
मङ्गलबार, ०५ माघ २०७२, १२ : ०८
चितवन - नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले आसन्न काँग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ६६ वर्षअघि बिपी कोइरालाले गर्नुभएको जनताको प्रतिनिधिमार्फत संविधान बनाउने सङ्कल्प सुशील कोइरालाले पूरा गरेको बताए ।
कतिपय काम सम्पन्न नभएका होलान् काँग्रेसलाई पहिलो ठूलो पार्टी बनाउन कोइराला सफल भएको उनकै शालीनताकै कारण दोस्रो संविधानसभाले संविधान बनाउन सकेको डा रिजालले बताए ।
उनले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताउँदै प्रमुख विपक्षी दलको हिसाबले काँग्रेसले सरकारलाई सुझाव र सहयोग गर्ने स्पष्ट गरे ।
मधेस र मधेस आन्दोलनका विषयमा हेर्ने दृष्टिकोण एमालेसँग नमिलेकै कारण सरकारमा काँग्रेस नगएको भन्दै उनले विषयवस्तुलाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरे ।
यथाशक्य छिटो नाका खुलाउने विषयमा सरकार लाग्नुपर्ने बताउँदै डा रिजालले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा दलहरु नभएर सरकार नै बोल्नुपर्छ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण