प्रहरी चौकीमा हमलागरी १० को हत्या
इस्लामाबाद–पाकिस्तानको उत्तरपश्चिमी प्रान्तीय राजधानी पेसावरमा रहेको एक प्रहरीचौकीमा मङ्गलबार गराइएको विस्फोटमा परी कम्तीमा पनि १० व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटनमा एक बालकसहित १० व्यक्तिको मृत्यु भएको बताइएको छ । यस विस्फोटमा परी अन्य १७ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
पेसावर जिल्ला र जम्रुद सहरको सीमा क्षेत्रमा रहेको कर्खानो बजारमा रहेको प्रहरी जाँच चौकीमा सो घटना भएको जनाइएको छ । सुरक्षाबल र उद्धारकर्ताहरुको टोलीले मारिएका व्यक्तिहरुको शव र घाइतेहरुलाई पेसावरको अस्पतालमा लगेको बताइएको छ ।
यस विस्फोटनमा मारिएका व्यक्तिहरुमा एक बालक र स्थानीय एक पत्रकारसमेत रहेका जनाइएको छ । घाइतेमध्ये करिब सातको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।
यो कस्तो किसिमको आक्रमण हो सो भन्ने प्रष्ट नभएको बताइएको छ । तर केही समाचार माध्यमहरुले यो आत्मघाती आक्रमण भएको बताएका छन् । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन । तर प्रहरीले सो हमलामा तालिवानको हात रहेको अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण