बंगबन्धु गोल्डकप : नवयुगको गोलको मद्दतले नेपाललाई १–० को अग्रता
मङ्गलबार, ०५ माघ २०७२, १८ : १३
ढाका – बंगलादेशको ढाकामा जारी बंगबन्धु गोल्डकपको सेमिफाइनलमा नेपालले माल्भ्दिस विरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । नेपालले एक पक्षीय रुपमा दबाब राखेको खेलमा नेपालका लागि नवयुग श्रेष्ठले सुरुआती गोल गरे । खेलको ३१ औँ मिनेटमा विमल घर्तीमगरको प्रहार पोस्टमा लागेर फर्किएपछि रिबाउन्डमा श्रेष्ठले गोल गरेका हुन् । नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो भने सो समूहको विजेता आयोजक बङ्गलादेश हो । नेपालले सेमिफाइनल पक्का गर्न श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो, जसमा विमल घर्ती मगरको गोलको योगदान रह्यो । त्यस्तै नेपालले बङ्गलादेश र मलेसियाको क्लबसँग गोलरहित बराबरी खेलेको थियो । नेपालको सुखद् कुरा यो पनि छ उसले लिग चरणमा कुनै गोल खाएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण