तनावका बीच पनि चिनियाँ राष्ट्रपति अरबमा
साउदी अरब– चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नो पाँच दिन लामो मध्यपूर्वी तीन राष्ट्र साउदी अरब, इरान र इजिप्ट भ्रमणका क्रममा मङ्गलबार साउदी अरब आइपुगेका छन् ।
चीन अर्थतन्त्रका हिसाबले विश्वको दोस्रो शक्तिशाली राष्ट्र भएको र यसको विश्वका अन्य मुलुकसँगको कूटनीतिक सम्बन्ध थप मजबुत पार्ने उद्देश्यका साथ उनको भ्रमण तय भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चीनका राष्ट्रपति सीको मध्यपूर्वको भ्रमण सिरियामा जारी युद्धका कारण यो क्षेत्रमा परेको तनावका बीच हुने भएको हो ।
साउदी अरबमा सिया धर्मगुरुलाई हालैका दिनमा दिइएको फाँसीको सजायपछि सिया समुदाय आफ्ना धर्मगुरुलाई फाँसी दिएपछि यसको प्रतिक्रियास्वरूप सिया धर्मावलम्बीले तेहरानस्थित साउदी अरबको राजदूतावास लुटपछि आगो लगाएका थिए । यसबाट साउदी अरब र तेहरानबीचको सम्बन्धमा समस्या उत्पन्न भएको वेला राष्ट्रपति सीको मध्यपूर्वको भ्रमण महत्वका साथ हेरिएको छ ।
चीनमा मध्यपूर्वी मुलुकबाट खासगरी तेल आपूर्ति हुने गरेकोले बेइजिङ इन्धनका लागि मध्यपूर्वमा आश्रित रहँदै आएको छ । बेइजिङले यस क्षेत्रमा कूटनीतिक एवम् अन्य खालका विवाद समाधानमा लामो समयदेखि सहयोगीको भूमिका खेल्दै आएको छ ।
अहिले विशेषगरी सिरियामा जारी युद्ध र सङ्कटलाई समाधान गर्न चीनको भूमिका महत्वपूर्ण भएको र यसमा बेइजिङले आफ्नो पहल थाल्ने बताइएको छ ।
चीनको अर्थतन्त्र वृद्धिसँगै चीन इन्धन ९तेल तथा ग्यास० आयातमा मध्यपूर्वी मुलुकसँग निर्भर बन्दै त्यहाँबाट इन्धन आपूर्तिमा वृद्धि गरेको छ ।
यसका लागि चीनले ‘एक क्षेत्र एक सडक’ को नीति लिँदै यसलाई सीको पहलमा बेइजिङको प्रभाव विस्तार गर्न चीन अग्रसर भएको छ ।
सीले सन् २०१३ मा ल्याउनुभएको विदेश सम्बन्ध विस्तारसम्बन्धी नीतिद्वारा बेइजिङ मध्य एसियादेखि युरोपसम्म भौतिक संरचना तथा यातायात सञ्जाल निर्माणका लागि ऋण प्रवाह गर्दै यस क्षेत्रमा आफ्नो अस्तित्व देखाउने लक्ष्य लिँदै आएको छ ।
सीको मध्यपूर्वको भ्रमण र छलफल यस क्षेत्रको राजनीतिक सङ्कट समाधान गर्न पनि महत्वपूर्ण रहने विश्वास लिइएको छ ।
यद्यपि चिनियाँ कूटनीतिज्ञले यसै हप्ता साउदी अरब र इरानबीच पछिल्लो समय विकसित भएको सम्बन्धलाई शान्त एवम् संयमित रूपमा हल गर्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण