कमेडी नाइटसमा कपिल ‘आउट’, कृष्णा ‘इन’
आइतबार, १० माघ २०७२, १२ : १७
मुम्बाई – चर्चित शो ‘कमेडी नाइटस् विद कपिल’मा कपिल शर्माको स्थानमा कृष्णा अभिषेक आउने भएका छन् । शो नाम पनि परिवर्तन गरेर ‘कमेडी नाइटस् लाइभ’ बनाइएको छ । शो जनवरी ३१ देखि हरेक आइतबार कलर्स च्यानलमा प्रशारण हुनेछ । शोको प्रोमो पनि रिलिज गरिसकेको छ । पूरानै सेटमा कपिलको स्थानमा कृष्णा देखाइएको छ । कपिलको अन्तिम शो एपिसोड २४ जनवरीमा प्रशारण गरिएको थियो । पहिलो प्रोमोमा कृष्णा जग्गा दलालको रुपमा प्रस्तुत भएका थिए । दोस्रो प्रोमो क्या कुल हे हम ३ का कालाकारहरु तथा एकता कुपुरका साथ कृष्णा देखिएका छन् । पहिलो शोमा उनीहरुबाटै शुरु हुने अनुमान गरिएको छ । कृष्णा सोही च्यानलमा कमेडी नाइटस् बचाओ पनि चलाउँछन् । उक्त कार्यक्रम शनिबार आउँछ । उनी दुवै कार्यक्रममा देखिनेछन् वा छैनन् भन्ने कुरा चाहीँ खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण