आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

आइएसको निशानामा मोदी : तयार गरिँदै छ बालबालिकाको ‘सुसाइड स्कावड’

आइतबार, १० माघ २०७२, १३ : ०६
आइतबार, १० माघ २०७२

नयाँ दिल्ली – गणतन्त्र दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आतंकावादी संगठन आइएसले निशाना बनाउने तयारी गरिरहेको भारतीय मिडियाहरुले जनाएका छन् । खुफिया एजेन्सीको हवाला दिँदै भारतीय मिडियाले लेखेको छ, ‘इन्टेलिजेन्स रिर्पोटका अनुसार आइएसले १२ देखि १५ वर्षका बालबालिकाहरुलाई आत्मघाती विष्फोट गर्न गर्न सक्छ ।’ रिपोर्टका अनुसार मुम्बाई एयरपोर्टमा पनि विष्फोट गराउने धम्की दिइएको छ । यसबीच ५ जनालाई पक्राउ गरिएको छ । ३ जनासम्म बालबालिका ‘आत्मघाती टोलीमा’ खुफिया एजेन्सीको रिपोर्टका अनुसार मोदीमाथि हमला गर्न बालबालिकाहरुको सुसाइड स्कावड तयार गरिँदैछ । यसमा २ देखि ३ जना बालबालिका रहेको अनुमान गरिएको छ । उनीहरुलाई हतियार र विस्फोटक पदार्थको ट्रेनिङ दिइराखिएको छ । शुक्रबारदेखि मोदीको सुरक्षामा रहेका एसपीजीसमेत सबै सुरक्षा एजेन्सीहरु हाइ अलर्टमा छन् । सन् २०१५ मा सेक्युरिटी घेरा तोडेर मोदी बालबालिकाहरुलाई भेट्न गएका थिए । यस पटक राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभल र एसपीजीले मोदीलाई सुरक्षा घेरा नतोड्न आग्रह गरेका छन् । अगामी २६ जनवरीमा भारतमा गणतन्त्र दिवसका मनाइँदैछ । सोही दिन मोदीमाथि हमला हुने तयारी गरिएको रिपोर्टमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप