आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिमा कुन पेशाका कति ?

आइतबार, १० माघ २०७२, १४ : ४२
आइतबार, १० माघ २०७२

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद्मा पूर्व प्रशासक, पूर्व प्रहरी अधिकारी र कलाकारहरुको बाहुल्यता देखिएको छ । ३५ सदस्यीय परिषद्मा ९ जना डाक्टर, ४ जना पूर्व सचिव, ३ जना कलाकार, ३ जना पूर्व माओवादी छन् । त्यसबाहेक अन्य पार्टीका नेत–कार्यकर्ता र नागरिक समाजका अगुवाहरु छन् । डाक्टर को–को ? १–बाबुराम भट्टराई २–केशवमान शाक्य ३–चैतन्य सुव्वा ४–जितेन्द्र महासेठ ५–प्रविण मिश्र ६–मक्ति रिजाल ७–राजेन्द्र केसी ८–रामकेवल शाह ९–सुरेन्द्र चौधरी कलाकार को–को ? १–अशोक शर्मा २–करिष्मा मानन्धर ३–सरोज खनाल

पूर्व प्रहरी अधिकारी को–को ? १–गणेजराज राई २–ऋषवदेव भट्टराई ३–नारायण पाण्डे पूर्व सचिव को-को ? १–नथ्थुप्रसाद चौधरी २–हरेराम कोइराला ३–रामेश्वर खनाल ४–प्रविण मिश्र पूर्व माओवादी को–को ? १–बाबुराम भट्टराई २–देवेन्द्र पौडेल ३–रामचन्द्र झा केशव दाहाल र डम्बर खतिवडा लेखक तथा वैकल्पिक विकास मंचबाट आएका हुन । पासाङ शेर्पा, टीका गौतम, दलमर्दन कामी, विसन राई सामाजिक लोकतान्त्रिक पार्टीका हुन् । तिलक थापा मगर नेपाल कम्युनिष्ट पार्टीमा थिए । यसबाहेक मदन राई कषिविद् हुन् ।

मुमारामको कमब्याक माओवादी आन्दोलनमा बाबुरामसँगै काम गर्दे आएका मुमाराम खनाल १० बर्षपछि फेरि राजनीतिमा कमब्याक गरेका छन् । उनी ०५९ मा जनयुद्धका बेला गिरफ्तार परेपछि राजनीतिबाट बाहिर गएका थिए । राजनीति विश्लेशकका रुपमा काम गरेका खनाल बाबुराम निकट मानिन्थे । त्यहि आधारमा उनी अहिले नयाँ शक्तिमा होमिएको अनुमान गरिएको छ । कार्यक्रमा उनले भने, ‘०६२ मा टुटेको मेरो राजनीतिक कडी जोडिएको छ ।’ मंचमा पूर्व माओवादीका तीन जना बाहेक अन्य नेताहरु सहभागी थिएनन् । उनीहरु २६५ सदस्यीय पूर्ण अन्तरिम परिषद्मा सहभागी हुनेछन् ।

के अर्बपति विनोद चौधरी पनि बाबुरामको पार्टीमा छन् ?

बाबुरामको नेतृत्वमा नयाँ शक्तिको ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्  घोषणा 

को–को छन् बाबुरामको नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद्मा ? (नामावलीसहित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप