आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बेलायतले भन्यो, ‘नेपालमा हेलिकप्टर पठाउँदा ४६ करोड व्यर्थमा खर्च भयो’

आइतबार, १० माघ २०७२, १६ : ४६
आइतबार, १० माघ २०७२

लण्डन - बेलायतमा प्रकाशित भएको नयाँ रिर्पोटले मन्त्रीहरुले ३ मिलियन पाउन्ड अनावश्यक रुपमा नेपालका भूकम्पपिडितको नाममा खर्च गरेको जनाएको छ । गत अप्रिलमा नेपालमा भूकम्प आएपछि बेलायतले हेलिकोप्टर पठाउने भनेको थियो । तर नेपाल सरकारले बेलायती हेलिकोप्टर आवश्यक नरहेको भन्दै त्यसलाई अस्विकार ग¥यो । नेपाल सरकारले बेलायतले पठाउन लागेका अत्याधुनिक हेलिकोप्टरले भूकम्पपछि कमजोर बनेका भवन ढाल्न सक्ने भन्दै ति हेलिकोप्टर ल्याउने अनुमति दिएको थिएन । नेपाल सरकारले अनुमति नदिएपछि भारतमा झन्डै १ महिनासम्म राखेर ति हेलिकोप्टर बेलायत फर्काइएको थियो । बेलायतको नेशनल अडिट अफिस (नाओ) ले सार्वजनिक गरेको प्रतिवेदनमा उपयोगहिन ति हेलिकोप्टर ल्याउन ३ मिलियन बेलायती पाउन्ड खर्च भएको उल्लेख छ । तत्कालिन समयमा रक्षा मन्त्रालयले त्यो खर्च व्यहोरेपनि अन्नत डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआईडी) ले बिल भुक्तानी गर्नुपरेको थियो । अध्ययनले बेलायतले सिरियामा पठाएको राहत समेत स्थानिय सैन्य दस्ताले लुटेको सार्वजनिक गरेको छ । प्रतिवेदनमा भनिएको छ –‘राहत सामाग्रीहरु थुप्रै समूहले लुटेका छन् । विशेषगरी उनीहरुको निशानामा खाद्यान्नको बास्केटमा थियो ।’ नाओले डिएफआईडीलाई संकटग्रस्त क्षेत्रमा कति खर्च गर्ने भन्ने हेक्का नभएको भन्दै चेतावनी समेत दिएको छ । सिरियामा बेलायतले १ दशमलव १ बिलियनभन्दा धेरै सहयोग गरिसकेको छ । तर प्रतिवेदन भन्छन् –‘डिएफआईडिलाई त्यो खर्चमध्ये कति खर्च पिडित समक्ष पुग्यो र कति खर्च युएनका एजेन्सीहरुको नाममा भयो भन्ने हेक्का छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप