आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मृगौला पीडितको निशुल्क उपचार नभए पद त्याग्ने उद्योग राज्यमन्त्रीको घोषणा

आइतबार, १० माघ २०७२, १७ : ५६
आइतबार, १० माघ २०७२

काठमाडा – आफू स्वयम मृगौला रोगबाट पीडित रहेका उद्योग राज्यमन्त्री मेघराज नेपाली निषादले मृगौला पीडितको नि:शुल्क उपचारको ब्यवस्था सहितका मागहरु पुरा नभए मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । राष्ट्रिय मृगौला पीडित संघ नेपालले आयोजना गरेको अन्र्तक्रियामा उनले भने,‘ मेरो लागि मन्त्री पद ठूलो होईन । म पहिला मृगौला पीडित हुँ अनिमात्रै मन्त्री हुँ । म मृगौला पीडितहरुको माग पुरा गर्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्री सबै कहाँ गएर पहल गर्छु । माग पुरा भएनन् भने मन्त्री पद त्यागेर संघर्ष गर्न तयार छु । ’ अधिकांश समय भावुक भएर प्रस्तुत भएका मन्त्री निषादले मृगौला रोगको उपचार मंहगो भएको कारण विपन्न उपचार विना मर्न बाध्य भईरहेको भन्दै जनताको जीवन रक्षा दायित्व राज्यको भएकोले यसमा विशेष ध्यान दिनु पर्ने बताए । राज्यमन्त्री निषादले मृगौला रोगको उपचारकोलागि राज्यले स्वदेशमै स्तरीय सेवाको लागि पूर्वाधार निर्माण गरेर उपचारलाई सर्वसुलभ र सस्तो बनाउनु पर्ने भन्दै यसको लागि आफूले सरकारमा रहेर पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा सस्थाले ७ बुँदे माग सार्वजनिक गरेको थियो । जसमा बजेटमै निशुल्क डायलासिस र प्रत्यारोपको ब्यवस्था गर्नु पर्ने, अगंदान प्रत्यारोपण सम्बन्धी कानूनी दायर फराकिलो बनाउनु पर्ने, विषादीरहित राष्ट्र निर्माण गर्ने पहल गर्नु पर्ने, मृगौला रोग सम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने, सार्वजनिक यातायातमा भाडा छुट गर्नु पर्ने, मृगौला रोगीलाई अपांगको सूचिमा राख्नु पर्ने लगायतका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप