१२ वर्षमा २२ अर्ब नोक्सानी घटाउँदै वाणिज्यको संचित नोक्सानी एक अर्बमा
काठमाडौ - राष्ट्रिय वाणिज्य बैंकले आफ्नो संचित नोक्सानी १ अर्बमा झारेको छ । बैंकले हरेक वर्ष कमाएको मुनाफाबाट २०७२ पुसससम्म आईपुग्दा संचित नोक्सानी एक अर्बमा झारेको हो । बैंकले १२ वर्षमा साढे २२ अर्व नोक्सानी घटाएको हो । ‘विभिन्न कारणले गर्दा २०६० साल अघि बैंकको स्थिति नाजुक थियो’ बैंकको ५१ औँ वार्षिक साधारणसभामा बोल्दै कामु प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले भने ‘२०६० सालमा २३ अब ५६ करोड संचित नोक्सानी रहेको पुगेकोमा बंैक सुधार कार्यक्रम प्रभावकारी हुँदै गएपछि हरेक वर्ष कमाएको मुनाफाबाट नोक्सानी घट्दै गएको हो ।’ बैंकले चालु आर्थिक वर्ष २०७१/०७२ को ६ महिनामा मात्रै करीव १ अर्व ४२ करोड मुनाफा गरेको छ । बैंककमो स्थिती विग्रेको बेला २०६० आषाढमा बैंकको पूँजी १ अर्व १७ करोड २३ लाख मात्र रहेकोमा नेपाल सरकारको वित्तिय सुधार कार्यक्रम अन्तर्गत बैंक सुधारका लागि व्यवस्थापन समुहले बैंक सम्हालेपछि सुधार हुँदै गएको थियो । त्यसपछि बैंकले मुनाफा कमाउँदै गएपनि पूँजीको कमिले अप्ठ्यारो परेपछि सरकारी कदमबाट पूँजी ८ अर्व ५८ करोड पुगेको थियो । ‘यसबाट बैंकको न्यूनतम पूँजी परीपूर्ति हुन गएको छ ’ कामु कार्यकारी निर्देशक पन्थीले भने । पौष मसान्तसम्म बैंकले १ खर्व २८ अर्व निक्षेप संकलन गरी ७७ अर्व कर्जा प्रवाह गरेको जनाएको छ । २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकका अहिले ६८ जिल्लामा सेवा प्रवाह गरीरहेको छ । १ सय ६३ शाखा, ८० वटा एटिएम, १७ वटा एक्टेन्सन काउण्टर, ६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहको बैंकले जनाएको छ । निकट भविष्यमै ३५ शाखा कार्यालय, ५० एटिएम काउण्टर र १० स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ । बैंकले २ हजार ६ सय कर्मचारीबाट सेवा दिईरहेकोमा जनभावना अनुकुल सरल र सहस बैंकिङ्ग सेवा प्रदान गरेकोले अपेक्षा अनुसार विश्वास आर्जन गरेको कामु कार्यकारी अधिकृत पन्थीले बताए । २०६० को तुलनामा बैंक नयाँ यूगमा प्रवेश गरेको भन्दै उनले बैंकको कायापलट हुनेगरी सुधारका लागि मार्गनिर्देशन गर्ने राष्ट्रबैंक, अथक प्रयत्न गर्ने पूर्व सञ्चालक, व्यवस्थापक, कर्मचारी र ग्राहकलाई धन्यवाद दिए । अर्थमन्त्री र गभर्नर आएनन्, बैंकको वार्षिकोत्सममा शुभकामना दिन अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जिवी नेपाल भने पुगेनन् । केहीदिन अघिमात्रै नाफामा कारोबार गरिरहेको वाणिज्य बैंक नजिकैको कृषि विकाश बैंकमा पुगेर शुभकामना र मार्गनिर्देश गरेको मन्त्री पौडेल र गभर्नर नेपाल नोक्सानी घटाउँदै लगेको वाणिज्यको कार्यक्रममा नपुगेका हुन् । अर्थमन्त्रीको साटो अर्थराज्यमन्त्री दामोदर नेपाल पुगेर शुभकामना दिए । उनले राष्ट्रिय बाँणिज्य बैंक सरकारको लगानीको र्बैँक भएकोले जनताको विश्वास जित्नका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो । ‘निजीक्षेत्रबाट स्थापित बैंकहरुसंग प्रतिस्पर्धामा गर्नुपर्ने अवस्था रहेकोले विशेष योजनाका साथ अगाडी बढ्नुपर्ने आवस्यकता छ ।’ उनले भने । राज्यमन्त्री भण्डारीले वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत सिईओ नियुक्तिको कुरा प्रकृयामा गईसकेकोले बैंकिङ्ग क्षेत्रमा अनुभवप्राप्त व्यक्तिालाई मात्र राख्ने कुराको प्रतिवद्धता जनाए । सिईओ नियुक्तिमा राजनीतिकरण नगर्न माग वार्षिकोत्सवको क्रममा शुभकामना दिने प्राय सबैले बैंकका सुधारका लागि प्रमुख कार्यकारी अधिकृत सिईओ नियुक्तिमा राजनीतिकरण नगर्न सरकारलाई सुझाव दिएका थिए । कर्मचारी संगठनका प्रमुखहरु र पूर्व सञ्चालकहरुले यस्तो सुझाव दिएका हुन् । बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले बैंक सञ्चालनमा व्यवासायीक व्यक्ति चाहिने बताए । कर्मचारी यूनियनहरुका प्रमुखहरुले हाम्रो मान्छे नभई राम्रो मान्छे ल्याउन सुझाव दिए । सिँहदरबाभित्रै सेवा छैन सरकारी स्वामित्वको बैंक भएपनि देशको प्रमुख प्रशासनिक निकाय सिँहदरबारभित्रै सेवा सञ्चालन गर्न सकेको छैन । अहिलेम्मका सरकारको उदासिनता र बेवास्ताले सिँहदरबाभित्रै राष्ट्रिय वाणिज्य बैंकले सेवा दिन नसकेको सरोकारवालाहरुले आरोप लगाए । ‘निजी बैंकको कारोबार सिँहदरबारमा हुँदा सरकारी स्वामित्वको बैंकको कारोबार हुन नसक्नु दुःखद हो’ बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले भने भने ‘यसका लागि मैले पहल पनि गरेको थिएँ, तर सरकारको असहयोगका कारण सफल हुन सकेन ।’ सरकारी कारोबार राबाबैंकबाट मात्रै गराउन सुझाव राष्ट्रिय वाणिज्य बैंकलाई पूर्ण सरकारी स्वामित्वको बैँकको रुपमा राख्न र सम्पूर्ण सरकारी कारोबार यसबाट मात्रै गर्न पनि सरोकारवालाले सुझाएका छन् । ‘छिमेकी देशहरुमा सरकारी कारोबार सरकारी बैंकबाटै हुन्छ ’ पूर्व कार्यकारी अधिकृत आचार्यले भने ‘तर यहाँ सिँहदरबाभित्रबाट पनि हुँदैन, यसलाई शत प्रतिशत सरकारी बैंकको रुपमा राख्नुपर्छ र सरकारी कारोबार यसैबाट गनुर््पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण