मकाउमा चेलिबेटी बेच्ने बानेश्वरका म्यानपावर सञ्चालक पक्राउ
काठमाडौं – आकर्षक तलब र जागिरको प्रलोभन देखाई मकाउ पुराएर बेच्ने एक म्यानपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कम्पास रेक्रुटमेन्ट प्रा.लि. का सञ्चालक सुवास थापा मगर मानव बेचिखन र ओसारपसारको आरोपमा पक्राउ परेका हुन् । काठमाडौंको सेतीदेवी गाविसका २६ वर्षीय थापा मागरले स्याङ्जा सामाकोट घर भएकी ३१ वर्षीय महिलालाई माउको कल्चर डान्समा ५ हजार डलर तलब हुने भन्दै मकाउ पुरयएका थिए । टुरिस्ट भिषमा ती महिलालाई मकाउ पुर्याएपछि भने एक चिनियाँ व्यक्तिको घरमा लगि बेचविखन गरेका थिए । त्यहाँ उनको यौनशोषण समेत गरिएको थियो ।
पीडित महिलाले प्रहरीको अपराध महाशाखाको ११७७ फोन गरी उजुरी दिएपछि सो सूचनाको आधारमा सुवास थापा मगरलाई पक्रउ गरेको हो । उनलाई माघ ८ गते वेचविखन तथा ओसार पसार मुद्दामा कार्वाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको छ । यसमा मकाउ ताईका स्थित बस्ने सुदर्शन थापामगर र निजका सहयोगी मकाउ ताकसेक पार्क बस्ने लोकराज रावल समेतको मिलेमतो रहेको बताइएको छ । पिडितको वास्तविकता वुझि मकाउ स्थित गैर आवसिय नेपाली संघसँग समन्वय गरी पिडितलाई नेपाल झिकाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण