व्यवसायीलाई धम्काएर रकम असुल्ने ‘कानु’ गुण्डा पक्राउ
आइतबार, १० माघ २०७२, १८ : ३६
काठमाडौं – ललितपुर जिल्लामा ठेक्का पट्टाको नाममा गुन्डागर्दी र धाक धम्की दिई विभिन्न व्यक्ति र व्यवसायीसंग जवरजस्ती रूपमा रकम उठाउने कार्यमा सक्रिय एक गुण्डा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला ललितपुर, धापाखेल नपा वडा नं. २३ स्थाई निवासी वर्ष ४० को कानु भन्ने भोला खड्का रहेका छन् । खड्कालाई माघ ९ गते धापा खेलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, ललितपुर पठाईएको छ । खड्कालाई महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा समेत कारवाही भईसकेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण