मनाङद्वारा गोर्खा बिग्रेड २–० ले पराजित
पोखरा – पोखरामा जारी १४औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा लक्ष्मी हुन्डाईँ मनाङ मस्याङ्दी क्लबले पाहुना टोली गोर्खा बिगे्रडलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ । एफिएम क्लबलाई हराउँदै क्वाटरफाईनलमा प्रवेश गरेको गोर्खा बिग्रेड मनाङसँग आईतबार भएको खेलमा २–० गोलले पराजित भएको हो । दुवै टिमबाट खेल अवधि भर कुनै गोल नभएपछि, खेल थप ईन्जुरी टाईममा धकिलिएको थियो । उक्त ईन्जुरी टाईमको सदुपयोग गर्दै मनाङले आफ्नो जित सुनिश्चित गरेको हो । थपिएको ईन्जुरी टाईममा मनाङबाट जर्सी नम्बर ६ का अमित तामाङ तथा जर्सी नम्बर ९९ का ओला–ओलाले १÷१ गोलको योगदान दिए । खेल अवधिभर दुवै टिमले राम्रा गोल गर्ने अवसर पाए पनि गोल गर्न नसकेपछि खेल ईन्जुरी टाईममा प्रवेश गरेको थियो । सोही ईन्जुरी टाईम गोर्खा बिग्रेडकालागि दुर्भाग्य साबित भयो । खेलको ९६ औँ मिनेटमा गोर्खा बिग्रेडका जर्सी नम्बर ६ का प्लिएर प्रशान्त गुरुङले मनाङका जर्सी नम्बर ९९ का खेलाडी ओला–ओलालाई डि एरिया नजिक लडाएछि रेफ्री सुदीप पाण्डेले रेड कार्ड देखाए । सोही फल पाएको फ्रि किकको सदुपयोग गर्दै मनाङका अमित तामाङले सिधैँ जाली चुमाउँदै गोल गरेका हुन् । त्यस्तै १०१ औँ मिनेटमा मनाङका ओला–ओलाले १ गोल गर्दै मनाङको जित पक्का गरेका थिए । खेलको पहिलो हाफको ११ औँ मिनेटमा गोर्खा बिग्रेडका ७ नम्बर जर्सीले दिएको ब्याक पासलाई ८ का विजय थापाले आउट फालेका थिए । त्यस्तै खेलको ८० औँ मिनेटमा गोर्खा बिग्रेटका जर्सी नम्बर १० का मनिस तामाङले हानेको कडा प्रहारलाई मनाङका गोलकिपर किरण चेम्जोङ्गले उत्कृष्ट बचाउ गरेका थिए । यद्यपी थुप्रै गोल गर्ने अवसर भने गोर्खा बिग्रेटले नपाएको होईन् । दुवैको प्रतिस्पर्धात्मक खेलमा गोर्खा बिग्रेडप्रति पोखरेली दर्शकले समर्थनले पाहुनाको स्वागत गरेको देखिन्थ्यो । गोर्खा बिग्रेटका कोच याम्जिन लामाले आफ्नो खेलाडीले राम्रो गरेको बताए । उनले रेफ्रीको निर्णयमा पनि प्रश्न उठाए । आजको म्यान अफ द म्याचको पुरस्कार मनाङका जर्सी नम्बर ९ का विश्वास श्रेष्ठ प्राप्त गरे भने भोलीको खेल त्रिभुवन आर्मी क्लबविरुद्ध रुस्लान् त्रिस्टारबीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण