कट्रिना कैफसँग सलमानको सेल्फी : भने, ‘म पनि तपाईको लागि पागल छु’
मुम्बाई – रियालिटी शो बिग वोश ९ को फाइनलमा पुगेकी कट्रिना कैफलाई सलमान खानले भव्य स्वागत गरेका छन् । उनले कैट्रिनासँग सेल्फी लिदैँ भने–‘ कैटरीना तपाई धेरै शक्तीशालि महिला हुनुहुन्छ । पुरै भारत तपाईको लागि पागल छ । म पनि ।’ रणवीर कपूरसँग प्रेम सम्बन्धमा पर्नुअघि कट्रिना सलमानकी प्रेमिका थिइन् । आदित्य रोय कपूर पनि थिए कैट्रिनासँग बिग बोसको फाइनलमा आदित्य रोय कपूर पनि कैट्रिनासँगै थिए । दुबै स्टार आफ्नो नयाँ चलचित्र ‘फितूर’ को प्रमोशनका लागि आए । आदित्य र कैट्रीनाले शोमा चलचित्रको गीतमा नृत्य समेत गरे । अभिषेक कपूरको निर्देशनमा बनेको यो चलचित्र १२ फेब्रुअरीमा रिलिज हुदैँछ ।
के सलमानसँग सल्लाह गरेर रणवीरलाई छाडेकी थिइन् कैट्रिनाले ? पछिल्लो समय सञ्चारमाध्यममा रणवीर र कैट्रिनाको ब्रेकअपको चर्चा छ । रणवीरसँग ब्रेकअप हुनअघि कैट्रिनाले पूर्वप्रेमी सलमानलाई भेटेको बताइएको छ । दुबैले दुई घण्टासम्म कुरा गरेका थिए । त्यसपछि रणवीरसँग अलग हुने निर्णय कैट्रिनाले गरिन् । पछिल्लो ६ महिनासम्म रणवीर र कैट्रिना बस्दै आएको कार्टर रोडस्थित फ्ल्याट छाडेर रणवीर घर फर्किएका थिए । यसपछि उनीहरुको ब्रेकअपको खबर फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण