आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

किशोरी हत्याको अनुसन्धान गर्न मानव अधिकारकर्मीको टोली घटनास्थलमा

आइतबार, १० माघ २०७२, २० : १४
आइतबार, १० माघ २०७२

रुकुम–यही माघ ४ गते रुकुम खोलागाउँकी एक किशोरीमाथि भएको घटनाका बारेमा थप जानकारी लिन मानव अधिकारको एक टोली घटनास्थल गएको छ ।

यही माघ ४ सोमबार दिउँसो ४ बजेतिर दाउरा लिन घर नजिकैको जङ्गलमा गएकी खोलागाउँ–५ सर्केनाकी १८ वर्षीय किशोरीको रहस्यमै भएको हत्या बारेमा जानकारी लिन आज मानव अधिकारकर्मीको टोली त्यहाँ पुगेको हो ।

सोमबार दिउँसो ४ बजेतिर दाउरा लिन गएकी किशोरी राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रूखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए ।

उक्त किशोरीको शव परीक्षण गर्दा बलात्कारपछि हत्या भएको जिल्ला अस्पताल जाजरकोट रिपोर्टमा जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका डा दीपक पुनका अनुसार शवको अवस्था हेर्दा हातखुट्टा बाँधी सामूहिक बलात्कार गरेर हत्या गरेको हुनसक्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप