गोरखामा एक हजार ४६५ जना भूकम्पपीडितको स्वास्थ्य परीक्षण, ९५ जनामा मुटुरोग
गोरखा–गोरखामा आयोजित दुईदिने निःशुल्क मुटुरोगसम्बन्धी शिविरमा एक हजार ४६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।
गोरखा अस्पताल, रोटरी र रोट्र्याक्ट क्लबको संयुक्त आयोजनामा जिल्ला अस्पतालमा भएको शिविरमा ५७६ पुरुष र ८८९ जना महिलाले स्वास्थ्य सेवा लिएको शिविरका संयोजक भेषबहादुर खड्काले जानकारी दिए ।
मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् । परीक्षणका क्रममा भूकम्पपछि मुटुरोगी बढेको पाइएको छ । डा भट्टराईका अनुसार शिविरमा स्वास्थ्य जाँच गराउन आएकामध्ये अधिकांशको मुटुको चाल अनियन्त्रित भएको पाइएको छ ।
शिविरमा स्वास्थ्य परीक्षणका लागि पुगेकामा कतिपयमा उच्च रक्तचाप भएर पहिले खाइरहेको औषधिले नपुग्ने र तर्सिरहनेजस्ता समस्या देखिएको छ । भूकम्पको डरकै कारणले मुटुमा समस्या देखिएको भट्टराईको दाबी छ । मनोपरामर्शदातासँग समन्वय गरी मनोपरार्श लिई ढुक्कले बस्न बिरामीलाई उनको आग्रह छ । शिविरमा ३२२ ले इसिजी जाँच र २६५ जनाले इसिएचओ जाँच गरेका थिए ।
त्यस्तै ९५ जनामा विभिन्न खालका मुटुसम्बन्धी समस्या देखिएको जिल्ला अस्पताल गोरखाका वरिष्ठ स्वास्थ्य सहायक कृष्ण ढकालले जानकारी दिए । गत वर्ष पनि शिविर आयोजना गरेको रोटरीले आगामी वर्ष पनि मुटुरोगसम्बन्धी शिविर आयोजना गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण