आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मानव बेचबिखन तथा गुन्डागर्दी गर्ने दुईजना पक्राउ

आइतबार, १० माघ २०७२, २० : २४
आइतबार, १० माघ २०७२

काठमाडौँ–राम्रो काम लगाइदिने भन्दै मानव बेचविखन तथा ओसार–पसारमा संलग्न नयाँबानेश्वरमा कम्पास मेनपावरका सञ्चालक सुवास थापामगरलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।

स्याङ्जाकी एक युवतीलाई वैदेशिक रोजगारीका लागि मकाउस्थित कल्चर डान्समा पाँच हजार डलर तलबमा पु¥याउने भन्दै पर्यटक प्रवेषाज्ञामा मकाउ पठाई अन्य चिनीया व्यक्तिको घरमा लगी यौनशोषण गरी बेचेको भन्ने त्यहाँ रहेका नेपालीको उजुरीका आधारमा मेनपावर कम्पनीका सञ्चालक थापामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेनपावर कम्पनीका सञ्चालक थापामगरको मिलोमतोमा मकाउमा रहेका सुदर्शन थापामगर र लोकराज रावलले ती युवतीलाई बेचबिखन तथा यौनशोषण गरेका थिए ।

यसैगरी ललितपुरमा ठेक्कापट्टाको नाममा गुन्डागर्दी र धाकधम्की दिई विभिन्न व्यक्ति र व्यवसायीसँग जबर्जस्ती रकम उठाउने कार्यमा संलग्न धापाखेलका ४० वर्षीय भोला खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाहीसमेत भइसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप