आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

वाइसिएल नेपालको राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा आरसी शर्मा

आइतबार, १० माघ २०७२, २० : ३३
आइतबार, १० माघ २०७२

काठमाडौं–‘नयाँ संविधानका उपलब्धीहरुलाई संस्थागत गर्दै समाजवादको दिशामा अघि बढौँ, राष्ट्रिय स्वाधिनतासहित समृद्ध नेपालको निमार्ण गर्न वाइसिएल निर्माण गरौं’भन्ने नारासहित आयोजित वाइसिएल नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । कोटेश्वर पार्टी प्यालेसमा सम्पन्न उक्त भेलाले १५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । नव निर्वाचित केन्द्रिय समितिको बैठकले आरसी शर्मा ‘विज्ञान’ को अध्यक्षतामा १७ सदस्यीय पदाधिकारी समिति गठन गरेको हो । उपाध्यक्षहरुमा (७ जना) लक्ष्मी प्रसाद चौलागाई ‘शैलेन्द’, लिला शर्मा ‘अस्मिता’ युवराज दुलाल ‘शरद’, दुर्गा अधिकारी ‘उद्गम’, हरेन्द्र यादव, नन्दराम कडरीया ‘शिखर’ र शिव फुयाँल रहेका छन् । भने महासचिवमा रामप्रसाद सापकोटा ‘दिपशिखा’ रहेका छन् । त्यस्तै सचिवहरुमा ७ जना देवजङ्ग शाही ‘अग्नी’, मणि राई, क्षितिज लामिछाने, नारायण जिसि ‘निर्मल’ लालेन्द्र मण्डल, नरेन्द्रप्रसाद पाण्डे ‘जेम्स’, मिनबहादुर लामा ‘ज्वाला’ र कोषाध्यक्ष सुबोध सिर्पाली रहेका छन् । संगठन सुदृठिकरण, युवा जागरणमुखि अभियान, कालोबजारी नियन्त्रणमा सक्रिय, वैदेशिक रोजगारीमा हुने ठगी लाई नियन्त्रण गर्न नव निर्वाचित केन्द्रीय समिति सक्रिय हुने जनाएको छ । कार्ययोजना र कार्यक्रम निर्माण गर्न नव निर्वाचित केन्द्रीय समितिको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप