आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

डोजरले च्याप्दा सहयोगीको मृत्यु

आइतबार, १० माघ २०७२, २० : ४०
आइतबार, १० माघ २०७२

कावासोती– नवलपरासीको डेढगाउँमा डोजरले च्याप्दा आज एकको मृत्यु भएको छ ।

नवलपरासीको डेढगाउँ र तनहुँको भगवतीपुर गाविस जोड्ने कालीगण्डकी नदीको खर्सानमा निर्माण भइरहेको पुलमा काम गरिरहेको डोजर एक्कासि पल्टँदा सोही डोजरका सहयोगीको च्यापिएर मृत्यु भएको स्थानीय बिष्णु गाहाले जानकारी दिए ।

उनका अनुसार डेढगाउँ–६ घर भएका २१ वर्षीय साजन श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको शव आज साँझसम्म निकाल्न सकिएको छैन । शव निकाल्न दमौली र बुटवलबाट क्रेन ल्याउनुपर्ने भएकाले ढिला भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप