मलेसियाको जेलमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन अख्तियारको चासो
काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलेसियाको विभिन्न जेलमा रहेका नेपाली कामदारलाई सहजरुपमा स्वदेश फिर्ता ल्याउन अविलम्ब कानुनी सल्लाहकार नियुक्त गर्न आग्रह गरेको छ ।
आयोगले केही दिन पहिले मलेसियाको स्थलगत भ्रमणपछि आज जारी गरेको विज्ञप्तिमा मलेसियाको विभिन्न जेलमा २५९ जना नेपाली कामदार रहेकाले उनीहरूलाई सरल र सहज रुपमा स्वदेश ल्याउने पहल गर्न राजदूतावासलाई आग्रह गरिएको जनाएको छ । सो कार्यका लागि कानुनी सल्लाहकारको प्रबन्ध गर्ने दूतावासको प्रतिबद्धतालाई तत्काल निष्कर्षमा पु¥याउनसमेत आयोगले आग्रह गरेको छ ।
आयोगले मलेसियाको जोहारवारुमा रहेकाले नेपाली दूतावासको सम्पर्क कार्यालयबाट मेसिनले अध्यनन गर्ने राहदानी प्राप्त गर्न राजस्व रकम बुझाइसकेपछि पनि राहदानी प्राप्त गर्न नसकेको र विचौलियामार्फत रकम उठाई दूतावासका कर्मचारीले हिनामिना गरेका कारण कामदार ठगिएको भन्ने विषयमा कानुनबमोजिम छानबिन सुरु गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विगतमा आएका गुनासो र अध्ययनका क्रममा देखिएका समस्याको पनि एकमुष्ठ छानबिन हुने जानकारी दिए ।
आयोगका सहसचिव जीवनप्रकाश सिटौला नेतृत्वमा वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी अधिकृतलगायतको टोलीले एक सातासम्म मलेसियामा स्थलगत अध्ययन गरेको थियो ।
आयोग टोलीकै पहलमा विभिन्न उद्धार केन्द्रमा रहेका ३८१ जना नेपाली कामदारमध्ये ११ जनालाई नेपाल फर्काइसकेको र बाँकीलाई आगामी चैतभित्र स्वदेश फर्काउने पहल भइरहेको जनाइएको छ ।
यसैबीच नेपाली दूतावास मलेसियाले एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाली कामदारको हित र उनीहरूको पक्षमा प्रभावकारी कार्यसम्पादन भइरहेको जनाएको छ ।
दूतावासले पहल नगर्दा पीडित कामदारलाई स्वदेश फर्काउन नसकिएको, लापरबाहीका कारण नेपाली कामदार मर्कामा परेको भन्नेजस्ता विषयमा दूतावासको गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली कामदारको हितमा आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण