शिक्षक सङ्घ, जुम्लाका अध्यक्ष खत्रीको मृत्यु
सोमबार, ११ माघ २०७२, ०८ : ४०
जुम्ला– नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, जुम्लाका अध्यक्ष लोकराज खत्रीको शनिवार राति अचानक मृत्यु भएको छ ।
अन्दाजी ४३ वर्षीय अध्यक्ष खत्रीको सुर्खेतमा एक होटलमा मृत्यु भएको नेपाल मजदुर किसान पार्टी, जुम्लाका अध्यक्ष शिवलाल डाँगीले जानकारी दिए । खाना खाएर सुतेपछि राति १२ बजे एक्कासि घ्यारघ्यार गरेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीचैमा मृत्यु भएको उनले बताए ।
मृतक अध्यक्षका पत्नीसहित आफन्तहरु आइतवार जुम्लाबाट त्यसतर्फ लागेका छन् । मृतकका आफन्त पुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ । जिल्ला अध्यक्ष खत्री कालिका प्राथमिक विद्यालय देपालगाउँ, जुम्लाका प्रधानाध्यापक थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण