ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित
बागलुङ– भूकम्प, नाकाबन्दी र इन्धन सङ्कटले यहाँ निर्माणाधीन ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित बनेको छ ।जिल्लाको कुश्मीसेरा, सर्कुवा र विनामारे गाविसमा बन्न लागेको सो जलविद्युत् आयोजनाको निर्माणकार्य यसै वर्ष पूरा हुनुपर्नेमा निर्माण अवधि वर्षदिन पछि धकेलिएको छ ।
१।५ मेगावाट क्षमताको सो आयोजनाको काम गत असारदेखि पुससम्म ठप्प बनेको साइट इन्जिनियर सागर शर्माले बताए । माघ लागेपछि काम सुरु भएपनि पहिलेकै गतिमा काम हुन अझ केही साता लाग्ने उहाँको भनाइ छ । गत मङ्सिरभित्र निर्माणसक्ने लक्ष्य लिइए पनि हालसम्म ४० प्रतिशतमात्र काम पूरा भएको इन्जिनियर शर्माले जानकारी दिए ।
“भूकम्पपछि नै आयोजनाको काम प्रभावित बनेको छ, नाकाबन्दी र इन्धन सङ्कटले त काम ठप्प भयो” – इन्जिनियर शर्माले भने । भूकम्प गएपछि घर गएका प्रभावित क्षेत्रका मजदुरहरु लामो समयसम्म काममा फर्कन नसकेको उनको भनाइ छ । “मजदुरहरु पनि नियमित काममा आउने अवस्था रहेन, निर्माण सामग्री र इन्धनको पनि आपूर्ति हुन सकेन” – साइट इन्जिनियर शर्माले भने । निर्माण अवधि लम्बिँदै जाँदा आयोजनाको लागत पनि दश प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सहजरुपमा इन्धन उपलब्ध हुन नसके फेरि पनि आयोजनाको काममा बाधा आउने आयोजना व्यवस्थापनले जनाएको छ । वर्षायामअगावै ८० प्रतिशत काम पूरा हुने आयोजनाका जनसम्पर्क अधिकृत सूर्य पौडेलले बताउनुभयो । सिभिलतर्फको अधिकांश काम पूरा भइसकेको उनको भनाइ छ ।
इलेक्ट्रो मेकानिकतर्फको कामलाई पनि तीव्ररुपमा अघि बढाइएको अधिकृत पौडेलले जानकारी दिए । साइट इन्जिनियर शर्माका अनुसार बाँध निर्माण, इन्टेकको काम पूरा भइसकेको छ । आगामी वर्षभित्र आयोजनाको काम पूरा भई विद्युत् उत्पादन हुने उनको भनाइ छ । कुश्मीसेरा र सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई चार मिटर अग्लो बाँध बाँधेर २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत विनामारे–२ मा रहेको विद्युत्गृहमा खसालिने छ ।
त्यहाँ उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोडिने साइट इन्जिनियर शर्माले बताए । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ । करिब रु ३० करोडको लागतमा बाराही हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजनामा स्थानीयवासीको समेत १० प्रतिशत सेयर छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण