बालिका बलात्कारको आरोपमा मुद्दा
सोमबार, ११ माघ २०७२, ०८ : ४४
दाङ– एक पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस–५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन् ।
बालिकालाई ललाइफकाई गरी ढकनास्थित सामुदायिक नर्सरीमा लगी जबर्जस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएसँगै निजलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रोकाले जानकारी दिए ।
पक्राउ परेका बुढाथोकीलाई नियन्त्रणमा लिई आइतबार जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको रोकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण