तालाबन्दी गर्ने अभिभावक थप आन्दोलित
सोमबार, ११ माघ २०७२, ०६ : ४६
बैतडी– शुक्रबारदेखि अनिश्चितकालीनरुपमा विद्यालयमा तालाबन्दी गरेका बैतडीको दुर्गा उच्च माविका अभिभावक थप आन्दोलित भएका छन् ।
गएको जेठ २१ गते विधिपूर्वक निर्वाचन भई घोषणाको समयमा विवाद भई अन्योलमा परेको श्री दुर्गा उमाविको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउनुपर्ने मागसहित रुद्रेश्वर र कोटपेटराका अविभावकहरु आइतबार सदरमुकाम पुगेका छन् ।
मतगणनापछि भएको ढुङ्गामुढाले घोषणा हुन नपाएको विद्यालय व्यवस्थापन समितिको विवाद अझैसम्म पनि सुल्झिन सकेको छैन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको प्रत्यासीमा रहेका भरत घरेडी, दुर्गादत्त भट्ट, गोकर्ण पन्त र वीरेन्द्रबहादुर बोहरामध्ये सबैभन्दा बढी बोहरालाई १६८ मत प्राप्त भएको थियो ।
निर्वाचनमा भरत घरेडीले ११, दुर्गादत्त भट्टले ५५, गोकर्ण पन्तले १६४ मत पाएका थिए जसमध्ये ३७ मत बदर भएको स्थानीयवासी अभिभावक नैनसिंह बोहराले बताए ।
अध्यक्षका प्रत्यासी गोकर्ण पन्तले बोर्डिङबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लड्न छोरालाई दुर्गा उमाविमा भर्ना गरेको र विवादसमेत पन्तले नै गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।
त्यसपछि घोषणा हुने क्रममा एक्कासि विपक्षीबाट ढुङ्गामुढा प्रहार भएपछि विवादमा मुछिएको समितिका कारण विद्यार्थीको पढाइ प्रभावित बन्दै आएको छ ।
एसएलसीको तयारीमा रहेका विद्यार्थीले पटकपटकको तालाबन्दीका कारण आफ्नो भविष्यमाथि खेलबाड भएको बताउँदै आएका छन् ।
ठूलो सङ्ख्यामा जिल्ला प्रशासन पुगेका स्थानीय अभिभावकले प्रक्रियाअनुसार निर्वाचन भएको समितिले पूर्णता पाउनुपर्ने माग गरेका छन् । जवाफमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले विद्यार्थीको भविष्यमाथि खेलबाड नगरी अहिले ताला खोल्न सुझाव दिँदै र लगत्तै जिल्ला शिक्षा समितिको बैठक बसाली समस्याको सामाधान खोज्ने बताए ।
विद्यालयमा ताला नखोली पढाइ प्रभावित बन्दै गएपछि विद्यार्थीले ताला तोड्ने चेतावनी दिएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण