आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

चिसोले तराईको जनजीवन प्रभावित

सोमबार, ११ माघ २०७२, १४ : ५८
सोमबार, ११ माघ २०७२

जलेश्वर –विगत केहि दिनदेखि बढेको चिसोले तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ ।

विहान र साँझ लाग्ने वाक्लो कुहिरो र चिसो हावाले जनजिवत प्रभावित देखिएको छ । चिसोवाट दैनिक मजदुरी गरि खाने रिक्साचालक,मजदुर लगायतका बढी प्रभावित बनेका छन् ।

महोत्तरीका अधिकांश जनता दैनिक ज्यालादारी नगरी हातमुख जोर्न सक्दैनन् तर प्रकृतीले चिसो बढेपछि उनीहरु न्यानो विना नै काम गर्न वाध्य छन् । उनीहरुको घरमा न त न्यानो ओछ्यान छ न जिउमा लगाउने न्यानो लुगा नै तर पनि बाध्य छन् काम गर्न । एक रिक्सा चालक भन्छन्, ‘ गरिवलाई सरकारले पनि वेवास्ता गर्यो दाउरा समेत दिएन । वाल्नलाई केहि दिन पहिले नेपाली सेनाले केहि दाउरा र एक कप चिसा चोकमै दियो त्यसपछि कोहि आएका छैनन् ।’ विद्यालय जाने वालवालिका र वृद्धमाथि चिसोको असर देखिएपनि यहाँको संघसंस्था,सरकारी निकाय लगायतका मौन वसिदिनाले न्यानो लुगा र ओछयान नहुनेहरु त्यतीकै चिसोसंग जुझ्न वाध्य छन् । जलेश्वर ५ मनोज पासमान भन्छन्, ‘ जिउमा लुगा छैन,खल्तीमा न्यानो लुगा किन्न सक्ने पैसा छैन । कसैसंग सहयोगको आश पनि छैन, अव त चिसोकै कारण मर्ने पो हो कि भन्ने डर लाग्छ ।’

जिल्लाको ग्रामिण भेगमा सरकारको पहुच छैन । कुनै निकायसंग कति जनतालाई न्यानोको आवश्यकता छ भन्ने तथ्यांक छैन । केहि संघसंस्थाले एकदुई स्थानमा न्यानो वाडेपनि त्यो पर्याप्त नभएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले आजै वन र नगरपालिका प्रमुखसंग छलफल गरि दाउराको सन्दोवस्त गर्न निर्देशन दिईसकेको वताउँछन् । तर पर्याप्त नभएको बताइन्छ ।

अहिले चिसोकै कारणले जलेश्वर अस्पतालमा बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । चिसो छल्न उचित व्यवस्था समयमै गरिएन भने विरामीको संख्या अझैं वढन सक्ने डा.सतिस साह वताउछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप