आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

१० खेलाडीमा सिमित आर्सनल चेल्सीसँग पराजित

सोमबार, ११ माघ २०७२, ०९ : ३८
सोमबार, ११ माघ २०७२

लण्डन – १० खेलाडीमा सिमित बन्दै चेल्सीसँग आफ्नै घरेलु मैदानमा पराजित बनेपछि आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । आइतबार राती सम्पन्न खेलमा डिएगो कोस्टाको एक मात्र गोलको मद्दतले चेल्सीले आर्सनललाई पराजित गरेको हो । खेलको १८ औं मिनेटमा कोस्टालाई फल हानेपछि रातो कार्ड खाँदै पर मर्टेसाकर मैदानबाट बाहिरिनुपरेको थियो । १० खेलाडीमा सिमित बनेपछि प्रशिक्षक आर्सन वेंगरले स्ट्राइकर ओलिभर जिरुको स्थानमा डिफेन्डर ग्याब्रियल ल्याउन बाध्य भयो । त्यसपछि आर्सनलले खेल अवधि भर आफ्नो लय पक्डन सकेन । यसको फाइदा उठाउँदै कोस्टाले खेलको २३ औं मिनेटमा ब्रानिस्लाभ इभानोविचको क्रसलाई गोलमा परिणत गरे । यही गोल निर्णायक बन्न पुग्यो । चेल्सीमाथि जीत निकालेको भए आर्सनल लिगको शीर्ष स्थानमा उक्लने थियो तर पराजयसँग ऊ लिगको तेस्रो स्थानमा सिमित बनेको छ । आर्सनलले प्रिमियर लिगका पछिल्ला ९ खेलमा चेल्सीलाई पराजित गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप