बेटिससँग रोकियो रियल
म्याड्रिड – रियल बेटिससँग आश्चर्यजनक रुपमा बराबरीमा रोकिँदा रियल म्याड्रिडको नेतृत्व सम्हालेपछि जिनेदिन जिदान पहिलो पटक कुनै खेल जित्न असफल बनेका छन् । लिगमा संघर्षरत बेटिसले ८ खेलमा पहिलो गोल गर्दै खेलको शुरुवातमा नै रियलविरुद्ध अग्रता लियो । अल्भारो सेजुडेले उत्कृष्ट भली मार्फत गोल गर्दै बेटिसलाई अग्रता दिलाए । त्यसपछि खेलमा रियलले पूरै दबाब राखेपनि खेलको पहिलो हाफमा गोल भने फर्काउन सकेन । करिम बेन्जेमालाई डिबक्समा लडाए पनि रियलले पेनाल्टी पाउन सकेन । खेलको दोस्रो हाफमा हामेज रोड्रिग्वेजको पासमा करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काए पनि त्यसपछिको लगातारको प्रयास बेटिसका गोलकिपर एन्टेनियो आडानले विफल बनाए । खेल १–१ को बराबरीमा सकियो । बेटिसले आफ्नो पछिल्लो १० लिग खेल जित्न सकेको थिएन र पछिल्ला ७ खेलमा गोलसमेत गर्न सकेको थिएन । यता, पछिल्ला २० खेलमा ५८ गोल गरेको रियलको अट्याक भने निकै फितलो देखिएको थियो । उता, एथ्लेटिको म्याड्रिड पनि सेभियासँग गोलरहित बराबरीमा रोकिएपछि यसको फाइदा शीर्ष स्थानमा रहेको बार्सिलोनालाई पुगेको छ । बार्सिलोनाले अझै एक खेल कम खेलेको छ । आगामी शनिबार एथ्लेटिको र बार्सा क्याम्प नाउमा भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण