आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

गणपुरक संख्या नपुगेको भन्दै संसद् बैठक स्थागित

सोमबार, ११ माघ २०७२, १७ : २२
सोमबार, ११ माघ २०७२

काठमाडौं – गणपुरक संख्या नपुगेको भन्दै सोमबारको संसद् बैठक स्थागित भएको छ। हाल रहेका ५ सय ९६ सांसदको गणपूरक संख्या पूरा हुन एक चौथाई अर्थात् १४९ सांसद आवश्यक हुन्छ । तर, सोमबार संसद बैठक कक्षमा १४३ जना मात्र सांसद् उपस्थित थिए। गणपुरक संख्या नपुगेपछि सभामुख ओनसरी घर्तिले मंगलबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरिन्। संसद् बैठकमा वाणिज्य मन्त्री दीपक बोहोराले संशोधन प्रस्ताव राख्दा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गणपूरक संख्याको प्रश्न उठाएका थिए। संसदमा ३ सय ५३ जना सांसदले हाजिर गरे पनि बैठकमा उपस्थित भएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप