आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौं आउँदै गरेको जहाजमा बमको थ्रेट

सोमबार, ११ माघ २०७२, १७ : ३६
सोमबार, ११ माघ २०७२

नयाँ दिल्ली – भारतको नयाँ दिल्लीबाट काठमाडौं आउन लागेको जेट एयरवेजको विमानमा बम रहेको खबर आएपछि प्लेनलाई ग्राउण्डेड गरिएको छ । जेट एयरवेजको फ्लाइट ९डब्लु–२६० नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमान स्थलबा दिउँसो १ बजेर २५ मिनेट जाँदा काठमाडौंका लागि उड्न पर्ने थियो । तर, दिल्ली प्रहरीलाई अज्ञात व्यक्तिले फोन गर्दै ‘प्लेनको सिट नम्बर १८ मा गिफ्ट बक्स’ रहेको बताउँदै ‘गणतन्त्र दिवसको शुभकामना दिएका थिए ।’ फोन आउन साथ प्लेनमा रहेका १ सय ४ जना यात्रु र ७ जना चालक दलका सदस्यहरुलाई प्लेनबाट उत्रन लगाइएको थियो । त्यसपछि प्लेनलाई एक्लो ठाउँमा लगेर सम्पूर्ण जाँच गरिएको थियो । प्लेन हालसम्म उड्न नसकेको फ्लाइट रडारले देखाएको छ ।

भारतले भोली गणतन्त्र दिवस मनाउँदैछ । पछिल्लो समय गणतन्त्र दिवसलाई लक्षित गरेर आतंकवादी संगठनले आक्रमण गर्ने विभिन्न चेतावनी दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप